arrow

नेविसंघले भन्यो - पेट्रोलियम पदार्थको मूल्य घटाउने होइन, फिर्ता हुनुपर्छ

logo
प्रकाशित २०७५ असार ६ बुधबार
nain_dai_at_hetaudaa.jpg

काठमाडौं । नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदर्थको मूल्यबृद्धि घटाउने नभइ फिर्ता हुनु पर्ने माग राखेको छ ।  नेविसंघले प्रदेश नम्बर ३ को राजाधानी हेटौंडामा  आयोजना गरेको  बहस कार्यक्रममा सो धारणा राखेको हो ।

 कम्युनिष्ट सरकारले अत्यावश्यक बस्तु तथा ईन्धनमा गरेको मुल्यबृद्धि बिरुद्ध नेविसंघले बुधवार ७७ वटै जिल्ला सदरमुकाममा सडक बहस कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेबिसंघ अध्यक्ष नैन सिंह महरले जनताका लागि सेवक बन्नु पर्ने सरकार नै जन बिरोधी काममा उद्दत भएपछी देशब्यापी आन्दोलन गर्नु परेको बताए । उनले  रक्षक नै भक्षक भएका कारण ओली सरकारलाई जनताको कठघारामा उभ्याउनु पर्ने बताए ।
 
उनले मुल्य बृद्धि थोरै मात्रा घटाऊनु भन्दा  पनि बढाईएको सबै मुल्य फिर्ता नहुन्जेल नेबिसंघको आन्दोलन नरोकिने कुरा सडक बहसमा बताए । जिल्ला अध्यक्ष राजु खतिवडाको सभापतित्वमा सम्पन्न सडक बहसमा नेबिसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेबिसंघ नेता आनन्द रवत लगायतले सरकारले जनतालाई महङ्गीमा बाँच्न वाध्य पारेको बताउदै सरकार बिरुद्ध आफ्नो धारणा राखेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ