arrow

पाल्पाको पूर्वखोलामा भेटियो अनौठो गुफा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार ६ बुधबार
Palpa_District.png

पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा अनौठो  प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा नजिकैको ओढारमा पसेपछि गुफा फेला परेको हो ।

अनौठो आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिए ।  विभिन्न प्राकृतिक दृश्य, जंगली जनावर, पशुपंक्षीको आकृति एवं कलकल छाँगाको आकृति तथा रेसा भएको आश्चर्यजनक गुफालाई आन्तरिक एवं बाह्य पर्यटकीय विकास गर्न प्रारम्भिक अध्ययनका लागि जनप्रतिनिधिको टोलीले अध्ययन अवलोकन गरेको छ ।

 पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारु सहितको टोलीले स्थलगत अध्ययन अवलोकन गरेको हो । टोलीले अध्ययनको प्रतिवेदन गाउँपालिकामा पेश गरी पर्यटकीय क्षेत्रका रुपमा गुफाको विकास योजना तयार गर्ने गाउँपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ