arrow

नेविसंघको महाधिवेशन माग गर्दै सभापति देउवालाई ज्ञापनपत्र

logo
प्रकाशित २०७५ असार ६ बुधबार
nsu-gaypanpatra.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशन माग गर्दै सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ । नेविसंघका उपाध्यक्षहरु  राम प्रसाद अधिकारी, डिल्लीरामा सुवेदी, नविन राई,  प्रकाश राना र महामन्त्री कुन्दन राज काफ्लेले संयुक्त जारी गरेको ज्ञापन पत्र बुझाइएको हो ।

नेपाली काँग्रेसको भातृसंगठन नेविसंघका केन्द्रीय सदस्यहरुले अध्यक्ष नैनसिंह महरले संगठनलाई नै कब्जामा लिएर सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । अध्यक्ष महर महाधिवेशन नगराउने मनसायमा रहेकोले अधिवेशनको वातावरण सिर्जना गर्नको लागि सभापति देउवालाई आग्रह गरेका हुन् ।

चार उपाध्यक्ष र महामन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको विज्ञप्तिमा संगठनको महत्वपूर्ण निर्णयमा आफूहरुलाई नसोधिएको र नियमभन्दा बाहिर गएर गरिएका नियमहरु नमान्ने उल्लेख गरिएको छ । साथै सो विज्ञप्तिमा अबको ४८ दिनमा अधिवेशन सकाइसक्नु पर्ने अवस्थामा समेत अध्यक्षले चासो नदिएको उल्लेख गरिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ