arrow

कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

logo
प्रकाशित २०७५ असार ६ बुधबार
AHRC_Logo.png

क्यानबेरा, अस्टेलिया। अष्टेलियामा कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापहरुको बारेमा अनुसन्धान सुरु गरिएको छ। अष्ट्रेलियाले विश्वमा नै पहिलो पटक आफूहरुले यस विषयको अनुसन्धान थालेको जानकारी दिएको छ। यस अनुसन्धानलाई पहिलो र एक प्रकारको स्वतन्त्र अनुसन्धानको रुपमा लिनुपर्ने बताइएको छ।

‘द अष्ट्रेलियन ह्युमान राइट्स कमिसन (एएचआरसी)’ले सो अनुसन्धान सुरु गर्न लागेको बताइएको छ। बुधबारबाटै यो अनुसन्धान थालिएको उक्त कमिसनले जनाएको छ। सो कमिसनले भनेको छ– हामीले बुधबारबाटै यसको सुरुवात गरेका छौँ र यो एउटा ठूलो कदम हुनेछ।

अष्ट्रेलियामा कार्यस्थलमै महिलाहरुमाथि यौनजन्य क्रियाकलाप हुने गरेका समाचारहरु आउने गरेका थिए। यस विषयमा सरकारले पनि ठूलो चासो व्यक्त गरेको थियो।

सो अवस्थालाई एक अपराध मानेर त्यसको निराकरणको लागि आवश्यक उपायहरु सुझाउने उद्देश्यले उक्त मानवअधिकार कमिसनले यस विषयको अनुसन्धान थालिएको बताएको छ।

कार्यक्षेत्रमै हुने गरेको यस्तो यौनजन्य अपराधलाई के कसरी हटाउन सकिन्छ भन्ने बारेमा यस अनुसन्धानपछि सुझाव दिने र यसले सरकारी तथा गैरसरकारी निकायलाई पनि यस सम्बन्धी नीति निर्माणमा सघाउने उक्त कमिसनले जनाएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ