arrow

न्यूरो अस्पतालको बोर्डमा राखियो डा. उपेन्द्र देवकोटाको नाउ

logo
प्रकाशित २०७५ असार ६ बुधबार
Neurology_Hospital1.jpg

काठमाडौँ, । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनपछि उहाँद्वारा स्थापित बाँसबारीस्थित न्यूरो अस्पतालको नाम परिवर्तन गरिएको छ । 

डा देवकोटाका भतिज वसन्त देवकोटाका अनुसार ‘नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ परिवर्तन गरेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइट साइन्स’ नामकरण गरिएको छ । उनले भने, ‘कम्पनी रजिस्ट्रारको कार्यालयले दर्ता प्रमाणपत्र दिइसकेको छ । बाँकी प्रक्रिया पनि छिटै थालिने छ ।’ 

एसियामै स्नायुरोग विशेषज्ञका रुपमा ख्याति प्राप्त डा देवकोटाको गत सोमबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । डा देवकोटा ६ महिनादेखि पित्तनलीको क्यान्सरबाट पीडित थिए । डा. देवकोटाले नै नेपालमा स्नायुरोगको उपचार सुरु गरेका बताइन्छ । उनले वीर अस्पताललाई न्याम्समा रुपमान्तरण गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ