arrow

एकिकृत सम्पत्ति करको बिरोधमा जनमुक्ति पार्टी सडकमा

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असार ६ बुधबार
mathagadi.png

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले साउन १ गतेदेखि लगाउने तयारी गरेको एकिकृत सम्पत्ति करको बिरोधमा राष्टिय जनमुक्ति पार्टी पनि सडकमा उत्रिएको छ ।

केहीदिन अघि नगरपालिकामा ज्ञापनपत्र बुझाएको जनमुक्ति पार्टीले बुधवार बिहान डाइभरटोलमा बिरोध सभा गरेको छ । नगरपालिकाको नगरपरिषद सुरु हुनु अघि जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउन बिरोध सभा गरेको पार्टीका नगर कार्यबाहक अध्यक्ष पुर्ण बहादुर बलालले जानकारी दिए ।

बिरोध सभामा बोल्ने जनमुक्ति पार्टी र नेपाली काग्रेसका नेताहरुले गत निर्वाचनमा आफैले जनता बिच प्रस्तुत गरेको घोषणा पत्र र प्रतिबद्धतालाई खोजेर पढन र स्मरण गर्न आग्रह गरेका छन । उनीहरुले सबैको सहमतिमा सामान्य किसान समेतले तिर्न सक्ने र कर तिर्न जग्गा नै बिक्रि गर्नुपर्ने अवस्था नआउने गरी निर्धारण गर्न सुझाव दिएका छन ।

जनमुक्ती पार्टीका संघिय परिषद सदस्य दल बहादुर बिरकट्टा मगरले जुनसुकै कर बैज्ञानिक र व्यवहारीक हुनुपर्ने भएपनि अहिले नगरपालिकाले प्रस्ताव गरेको एकिकृत सम्पत्ति कर किसान र परम्परागत उद्योग व्यवसाय गरेकाका लागि अनुपयुक्त भएको बताए । उनले भने किसान, उद्योगीको उत्पादन बढाउन बिशेष कार्यक्रम ल्याउनुस उत्पादमा भारी बृद्धि गर्नुस र त्यही उत्पादनको बिक्रिमा कर लिनुस त्यसमा हाम्रो सहमति रहन्छ ।

उनले निर्वाचनमा धनि र गरीवबिचको अन्तर द्धन्द कम गरी गरीवि निवारण गर्दै समाजवाद तर्फ लाग्छौ भन्ने कम्युनिष्ठहरु सत्तामा पुगेपछी गरीवलाई झन गरीव बनाएर सत्तामा रमाउन खोज्नुको कारण आफुहरुले नबुझेको बताए ।

कार्यक्रममा बोल्दै काग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले एकिकृत सम्पत्ति कर तिर्नु हुदै भन्ने नभई सामान्य जनताले पनि सहज रुपमा आफनो उठिवास नहुने गरी तिर्न सक्ने हुनुपर्छ भन्नका लागि नै काग्रेसले एकिकृत सम्पत्ति करको बिरोधमा आन्दोलन गरीरहेको अवस्थामा जनमुक्ति पार्टीले पनि छुट्टै कार्यक्रम गरेको भन्दै प्रसंश गरे । उनले पुर्व घोषित करको प्रतिशत कम गरेका समाचारहरु आए जस्तै मुल्यांकन पनि समयमा नै कम गरेर सबैलाई मान्य हुने गरी पारित गर्न नगरपालिकालाई सुझाव दिए । नगरप्रमुखले अहिले पार्टी भन्दा पनि आफन्त र निकटका व्यक्तिहरुलाई जागिर खाने केन्द्र नगरपालिकालाई बनाउदै गरेको आरोप लगाए ।

जनमुक्ती पार्टीकी नेतृ गिता सारुले नगरपालिकाका जनप्रतिनिधिहरुले सबै काममा राजनीतिकरण गरी नगरपालिकालाई भर्ति केन्द्र बनाएको आरोप लगाउदै टोल बिकास सस्थाहरुको गठनमा समेत आफनो पार्टीलाई उपेक्षा गरेको बताए । उनले सहमतिमा एकिकृत सम्पत्ति करको दर निर्धारण नगरे लागू भएको अर्को दिन नगरपालिकामा ताला लगाउने चेतावनी दिए ।

तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले केन्द् सरकारले नै हटाउन लागेको एकिकृत सम्पत्ति कर अवैध र अवैज्ञानिक भएकाले यसको बिकल्प हरेक बस्तुको उत्पादनको बिक्रिमा मात्रै कर लगाउन उपयुक्त हुने बताए । उनले नगरपालिकाका बिभिन्न  बैठकमा कुरा राख्दा नसुने पनि जनता स्वयंले कर नतिर्दा नगरपालिका पछाडी फर्कन बाध्य हुने दाबी गरे ।

कार्यक्रममा जनमुक्ति पार्टीका नेता तेजमान थापा र चित्रमान गुरुगंले नगरपालिकाले लक्ष्यित समुदायका जनतालाई उपेक्षा गर्दै लगेको र सामान्य किसानलाई जीबिका चलाउन नसक्ने बनाउन खोजेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ