arrow

चौथो अन्तराष्ट्रिय योग दिवस : योग सबैका लागि उपयोगी र सहयोगी

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
yog.JPG

काठमाडौं । योग र आयुर्वेदसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरी विहिबार चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइदैछ ।  ग्रेगोरियन पात्रोअनुसार जुन महिनाको २१ तारिखमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । 

संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन शुरु गरेको हो । संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ ।

अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई विश्वका धेरै देशले समर्थन गरिसकेका छन् । 
योग के हो ? 

शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आधात्मिक रुपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई नै योग भनिन्छ । योगले आत्मालाई परामात्मासित जोड्ने जनबिश्वास गरिन्छ  । योगमा जम्मा ८ आसन हुन्छ । त्यसमा याम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान, समाधि, त्याग पर्दछ । योगा त्यसमध्यको एउटा आसन हो ।

संस्कृत भाषाको योग शब्दको अर्थ जोड्नु भन्ने हुन्छ । मनमा आउने विभिन्न विकारलाई हटाउने प्रक्रियालाई नै योग भनिन्छ । योगको नियमित अभ्यासबाट स्वास्थ्य राम्रो, कार्यक्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी क्षमतामा बढोत्तरी, शरीर, मन र आत्माबीचको समन्वय, सकारात्मक सोचको विकास, अनावश्यक विचारबाट मुक्ति, ऊर्जा प्राप्ति, आत्म ज्ञान प्राप्ति लगायतको सकारात्मक गुणको विकास हुन्छ । 
पंतञ्जलि योगपीठ नेपालको आयोजनामा काठमाडौंँसहित सबै जिल्लामा एकसाथ योग शिविर सञ्चालन गरिएको योगपीठका ट्रष्टी शालिग्राम सिंहले बताए । अन्तर्रा्ष्ट्रिय योग दिवसका अवसरमा सबै जिल्लामा जिल्लास्तरीय पंतञ्जलि योग समितिमार्फत साताव्यापी रूपमा योग र प्रणायामका चेतनामूलक कार्यक्रम सञ्चालन हुने योगपीठले जानकारी दिएको छ । 

योगको  आवश्यकता 
बदलिँदो जीवनशैली, गलत खानपानका साथमा शरीरमा अक्सिजनको कमीका कारण अहिले मानिसहरु विभिन्न रोगबाट ग्रसित छन् । योगले शरीरमा अक्सिजनको कमीलाई समेत पूरा गर्छ । योग गर्नाले शरीरका सबै जोर्नीहरु चलायमान हुन्छ । यसले शरीरमा व्यायामको काम गर्छ ।

व्यायामले शरिरका अंगहरुमा रक्तसञ्चारका साथै अक्सिजनको मात्रा बढउन मद्धत गर्छ । जब शरीरमा अक्सिजनको मात्रा बढ्छ, शरीरका सवै अवयवहरु स्वस्थ हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमता त बढाउँछ नै, समयमा पहिचान र रोकथाम गर्न समेत सहयोग 

गर्छ। यस अर्थमा योग सबैका लागि उपयोगि छ । योगलाई उपयोग गरेर सबैका लागि सहयोगी बन्ने भएकाले पनि योग आवश्यक छ ।

योगको उदगम स्थल 
योगको उत्पत्ति नेपाली भुमिमै भएको विश्वास गरिन्छ । भगवान शिवले पत्नी पार्वतीलाई पहिलो पटक योग शिक्षा दिएको विभिन्न शास्त्रीय वर्णनमा उल्लेख भएको पाइन्छ । 

शिव र पार्वतीबीचको संवादलाई प्रचारप्रसार गरी योग संसारभर फैलिएको थियो । बीचमा लुप्तप्रायः भएपनि पछिल्लो समयमा अन्तर्रािष्ट्रय एवम् राष्ट्रिय योग दिवस मनाउन थालेपछि यसको पुनर्जागरण भएको छ । 

भगवान गौतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा याबेग अभ्यास गरेका तथ्यहरु बिभिन्न पुस्तकमा पाइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ