arrow

प्रेस काउन्सिलका ठेकेदार र वरिष्ठहरुले मलाई जेल हाल्ने षडयन्त्र गरे : रवि लामिछाने

अमेरिकी पासपोर्ट फिर्ता गरिसकेको स्पष्टीकरण

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
rabi-ispasti.png

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले आफूले अमेरिकी पासपोर्ट नरहेको स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जालमार्फत् लामिछानेले अमेरिकी नागरिकको प्रमाणपत्र पनि त्यागिसकेको बताएका हुन् ।

बिहिवार ट्विटरमा 'प्रेस काउन्सिलका केही आचारसंहिता ठेकेदार र तेत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैनथ्यो । मसँग अमेरिकी पासपोर्ट त के भिषा पनि छैन । फिर्ता बुझाई सकेको थाहा नै पाएनछन् । वाह पत्रकारिता ! अब के मा लखेट्ने मिटिङ बस्यो?'  लामिछानेले लेखेका छन् ।

अध्यागनम विभागले लामिछाने अमेरिकी नागरिक रहेको भन्दै पत्र काटेको थियो । अध्यागमनको यस किसिमको विवरण सार्वजनिक भएको दुई दिनपछि लामिछानेको यो स्पष्टीकरण दिएका हुन् ।

यसअघि अध्यागमन विभागले राहदानी नं ५१२९६६९८१ वाहक लामिछानेको नाममा ४ अक्टोबर २०१८ सम्म अवधि भएको गैर पर्यटक (नातेदार) भिसा जारी भएको जनाएको थियो । अध्यागमन नियमावली, २०५१ को दफा २० को (१) नियमावली बमोजिम पर्यटक र परिवारको सदस्यका हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग व्यापार व्यवसाय वा संस्थामा काम गर्न पाउने छैनन् ।

भिसा पाउने विदेशीले जुन उदेश्यले भिसा प्राप्त गरेको हो त्यही बाहेक अन्य काम गर्न नपाईने अध्यागमन विभागले प्रेस काउन्सिललाई लेखेको पत्रमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ