arrow

खुम बहादुरले उठाउँदै आएको हिन्दुराष्ट्रको मुद्धा काँग्रेस सभापति वैठकमा

५ सभापतिले उठाए मुद्धा

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
congress-banda-satra.jpg

मकवानपुर । नेपाली काँग्रेस जिल्ला सभापतिहरुको भेलामा हिन्दु राष्ट्रको मुद्धा जोडदार रुपमा उठेको छ ।

नेपाली काँग्रेसका ५ जना जिल्ला सभापतिले हिन्दुराष्ट्रको उठाएका हुन ।

डडेल्धुराका सभापति कर्ण मल्ल, पर्साका अजय द्विवेदी, अछामका भरत स्वाँर, दाङ्का कीर्ति खड्का, पर्वतका खिम प्रसाद भुसालले पार्टीले हिन्दुरास्ट्रको मुद्दा  लिएर जानुपर्ने बताएका हुन ।

बन्दसत्रको दोस्रो दिन बिहिवार बोल्ने ५ जना पार्टी सभापतिहरूले हिन्दुराष्ट्रको एजेण्डालाई महासमिति वैठकबाट पारित गराएर पार्टीको एजेण्डा बनाउनु पर्ने माग गरे ।

हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका काँग्रेसका तत्कालिन नेता स्वर्गीय खुम बहादुर खड्काले उठाउँदै आएको हिन्दु राष्ट्रको मुद्धा सभापतिको भेलासँगै महासमिति वैठकसम्म लैजाने तयारी जिल्ला सभापतिहरूको छ ।

सभापति शेर बहादुर देउबाको गृहजिल्ला डडेल्धुराको कार्यसमिति वैठकले पारित गरेरै ल्याएको हिन्दुराष्ट्रको मुद्धा जिल्ला सभापति मल्लले वैठकमा राखेका थिए । उनले अन्य सभापतिलाई पनि सो एजेण्डाको पक्षमा उभिन लविङ् गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ