arrow

टेलिभिजन हेर्दा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेर मृत्यु

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
current-killed.jpg

इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–१ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय ठूलोबुबाको घरमा बस्ने सिरहाका ८ वर्षीय एलिष श्रेष्ठको बिहीबार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

टेलिभिजन हेर्ने क्रममा सेटअप बक्समा हातले छुँदा करेन्ट लागेका एलिषको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

यसैगरी सुनसरीमा बिहीबार भएको छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेजनारायण मेहताका ११ वर्षीय छोरा प्रसान्तकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

गाउँपालिकाको भित्री सडकमा को ९ प २२९३ नम्बरको मोटरसाइकलले साइकलयात्री प्रसान्तलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकाले उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो । 

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय प्रदीप मेहता, उनको ६ वर्षीय छोरा आयुष मेहता र ९ वर्षीया छोरी नेहा मेहतासमेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ