arrow

कपिलवस्तु नगरपलिकामा २१ ऐन तथा कार्यविधी पारीत 

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ असार ८ शुक्रबार
kapilbastu-naga.jpg

कपिलवस्तु। नगर संचालन तथा आवश्यक कामहरु गर्नको लागी आवश्य पर्ने निती नियहरु कपिलवस्तु नगरपालिकाले जारी गरेको छ। सदरमुकाम तौलिहवामा अवस्थित कपिलवस्तु नगरपालिकाले नगर कार्य संचालनको लागी अवशयक पर्ने ऐन,कानून तथा निर्देशिका गरी २१ वटा ऐनहरु पारित गरेको छ।

नगरपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त पारित ऐन तथा निर्देशिकाहरु नगर प्रमुख किरण सिंहले  सार्वजनीक गरेका हुन्। जारी ऐन नियम अन्र्तरगत  आर्थिक विधेययक, विनियोजन विधेयक, निर्माण व्यवसायी इजाजत, एफ एम रेडियो व्यवस्थापन तथा संचालन कार्यविधी, कृषि, शिक्षा, सम्मपत्ती कर लगायतका रहेका छन्।

ऐन सार्वजनीक गर्दे नगर प्रमुख सिंहले नगरपालिकामा विभिन्न काम गर्नको लागी निती नियम आवश्यक परेकोले अवका दिनम निती अनुरुप काम गर्न सहज हुने बताए। साथै सम्रग नगरको विकासमा यस्ता ऐनहरु मार्फत काम गर्दा समस्या नपर्ने हुंदा ऐनहरु आवश्यक भएकोले संविधान अनुरुप तयार पारी जारी गरेको बताए। सो अवसरका प्रमुख प्रशासकीय अधिकृत विमलराज आर्चायले नगरपालिकाका दैनीक तथा दिर्घकालिन काम गर्नको लागी चाहिने ऐन तयार भएको हुंदा आगामी दिनमा नगरपालिकाले काम गर्न सहजता तथा दुर्तगतिमा काम संचालन हुने कुरा बताए। 

सो अवसरमा नगरमा भएका विकास निर्माण तथा हालसम्मका योजनाहरुको समिक्षा समेत गरिएको थियो। कार्यक्रममा विषयगत शाखाका प्रमुख, वडा अध्यक्ष लगायतको सहभागिता रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ