arrow

चीनको लुसान र तानसेन नगरबीच भगिनी सम्बन्ध

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
chinease-team-palpa.jpg

पाल्पा। मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको लुसान नगर र तानसेन नगरपालिका बिच सौहार्दपूर्ण सम्बन्ध कायम भएको बताइएको छ। मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका कार्यकारी मेयर ची लुन पीन र तानसेन नगर प्रमुख अशोककुमार शाहीद्वारा विहिबार नगरबीच सौहार्दपूर्ण सम्बन्ध कायम भएको विज्ञप्ति जारी गरिएको हो।

असार ६ र ७ गते लुसान नगरबाट कार्यकारी मेयर ची लुन पीनको नेतृत्वमा काठमाडौं, लुम्बिनी हुँदै तानसेन आएको चिनिया टोलीको सम्मानमा तानसेनमा आयोजित स्वागत कार्यक्रममा दुबै नगरका मेयरले अन्र्तसम्बन्धबारे आआफ्ना धारण राखेका थिए।

लुसान नगरका पाहुनाहरुलाई सम्मान गर्दै  तानसेन नगरप्रमुख अशोककुमार शाहीले छिमेकी देशहरुसँगको तटस्थ सम्बन्धलाई नेपालले सधै सम्मान गरेको बताए। प्रमूख शाहिले नेपालको विकासका लागि विगत देखि चीन सरकार र चिनिया नागरिकको महत्वपूर्ण भूमिका रहेको स्मरण गराए।

नगरबासीले विकास, निर्माणसँगै पर्यटन प्रवद्र्धनका लागि लुसान नगर र तानसेनबीच सहकार्य चाहेको भन्दै  प्रमूख शाहीले सम्बन्ध बनाउर्दै लैजानेमा जोड दिए। जनवादी गणतन्त्र चीनको लुसान नगरका कार्यकारी मेयर ची लुन पीनले तानसेन नगरपालिकाको मैत्रीपूर्ण भ्रमण उपलव्धिमूलक भएको बताएका छन्। दुई देश विचको सम्बन्धलाई सुमधुर बनाउन लुसान नगर पनि तयार रहेको लुन पीनले बताए। ची लुन पीन र तानसेन नगर प्रमूख अशोककुमार शाहीबीच दुवै नगरको हितका विषयमा सहकार्य गर्ने  सहमति भएको छ।

सहमतिमा परम्परागत रुपमा नेपाल चीनबीच सरकार र जनस्तरमा कायम दौत्य सम्वन्धलाई सम्मान गर्दै तानसेन र लुसान नगरबीच विकास निर्माणका सकारात्मक अनुभव आदान प्रदानका लागि सहकार्य र सहयोग गर्ने, दुवै नगरको पर्यटकीय विकासका लागि बुद्ध सर्किट, शिल्करोड, बुद्धदर्शन लगायतका अवधारणालाई आत्मसात गर्दै समन्वय, सहकार्य र सहयोग जनस्तरबाटै कायम गरिने, तानसेन नगरपालिका र चीनको लुसान नगरबीच सहयोग  सहकार्य सौहार्दपूर्ण सम्वन्ध आजैबाट कायम हुने बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ