arrow

चुनाव सकिएको एक वर्षपछि देउवाले स्विकारे गल्ती

एकताको सन्देश दिने प्रयास

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौं ।  स्थानीय तहदेखि प्रतिनिधि तहसम्म तीनै चुनाव सकिएको करिब एक वर्षपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले टिकट वितरणमा गल्ती भएको स्विकारेका छन् ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको मकवानपुरमा ४ दिनदेखि जारी रहेको राष्ट्रिय भेलाको समापन समारोहमा बोल्दै सभापति देउवाले  टिकट वितरणमा गल्ती भएको स्विकारेका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा समेत आफ्नो कमजोरी र गल्ती भएको स्विकार्न तयार नभएका देउवा जिल्ला सभापतिको भेलामा आइपुग्दा आफ्नो तर्फबाट टिकट वितरणमा गल्ती भएको स्विकार्ने अवस्थामा पुगेका हुन् ।

यसअघि पार्टी केन्द्रीय समितिको बैठकमा हारको जिम्मेवारी व्यक्तिगतरुपमा आफूले मात्र नलिएर सिङ्गो केन्द्रीय समितिलाई नै हारको जिम्मेवारी लिन लगाएका देउवाले जिल्ला सभापतिको भेलामा आइपुग्दा भने सो कमजोरी आफ्नो तर्फबाट भएको स्विकारेका हुन् ।

उनले टिकट वितरणमा जिल्ला सभापतिहरुको भुमिकालाई कटौती गरेर गम्भीर गल्ती भएको, जित्ने नेतालाई टिकट दिन नसकिएकोमा कमजोरी स्वीकारे I उनले अब आउने दिनमा कमी कमजोरी हुन नदिनेतर्फ आफूले ध्यान दिने बताए । साथै सबैलाई समेटेर लिएर जाने सन्दर्भमा र पार्टीलाई पाँच वर्षपछि एक नम्बरको पार्टी बनाउन पार्टीको सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्ने उनले बताए ।

उनले पहिलो पटक आईजीपी नियुक्ति प्रकरणलगायतका विषयमा समेत बोलेका छन् । उनले नवराज सिलवाललाई आईजीपी बनाउने सन्दर्भमा भएका विवाद, आफू नवराज सिलवालका पक्षमा उभिन नसकेको र नवराज सिलवाललाई आईजीपी नबनाउँदा विरोध गर्नेहरुले  नवराज सिलवाल अहिले सो पार्टीमा गएको र सिलवाल कुन पार्टीबाट संसद  भएको समेत हेर्नलाई सुझाव दिए । उनले कुनै दल विशेषको कार्यकर्ताका आधारमा अगाडि बढेको व्याक्तिलाई आफूले नबनाएको, यदि सिलवाललाई आईजीपी बनाएको भएपनि सिलवालबाट आफ्नो पार्टीलाई कुनै सहयोग नपुग्ने उनले त्यहाँ प्रष्ट पारे ।

सोही कार्यक्रममा देउवाभन्दा पहिला बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई विधिविधान अनुसार चलाउने हो भने आफू सभापति देउवालाई सहयोग गर्न तयार रहेको बताए । उनले अनुशासन विभाग गठन गर्न, पार्टी विधानअनुरुप नबनाइएका समिति भङ्ग गर्न र विधानमा रहेका व्यवस्थालाई मध्यनजर गर्दै समितिहरु र विभागहरु गठन गर्न पनि आग्रह गरे । यदि त्यसो भए सभापतिसँगै आफू देशभर संयुक्तरुपमा कार्यक्रम गर्दै जान तयार रहेको र सभापति सँगसँगै एकताको सन्देश लिएर जान‍े उनले बताए  ।

यसैगरी ४ दिनसम्म चलेको नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टीको पहिलो हारको समीक्षा गरेको छ । कार्यक्रमले एकताको सन्देश दिने प्रयास गरेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ