arrow

सशस्त्रका ‘फाजिल’ एआइजीहरु काममा कि बेकाममा ? 

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
apf1.jpg

काठमाडौं । सशस्त्र प्रहरी बल एपीएफका ‘फाजिल’ एआइजीहरु काममा आउन सक्नेमा अझै शंका उब्जिएको छ । पूर्ववर्ती सरकारले डीआइजीबाट एआइजीमा बढुवा गरेपछि  त्यस्ता पाँच जना एआइजीहरु ‘फाजिल’ भएर बसेका छन् । 

उनीहरुले गत माघ महिनादेखि सरकारको तलव समेत नपाइ बसेको बताइएको छ । उनीहरुलाई पूर्ववर्ती सरकारले एआइजीमा बढुवा गरे पनि काम दिन नसकेर सशस्त्र मुख्यालय हलचोकमा कामविहिन भएर बसेका छन् । 

त्यस्ता फाजिलमा रहेका एआइजीहरुमा जानकी भट्टराई, सुबोध अधिकारी, खडानन्द चौधरी, निरकराम शाह र राजेश श्रेष्ठ रहेका छन् । उनीहरुलाई काम दिएर तलब दिन सरकारले आनाकानी गरिरहेको छ । 

पछिल्लो समय आइजीपी शैलेन्द्र खनाल अमेरिका उडे लगत्तै निमित्त आइजीपी पुष्पराम केसीले फाजिल एआइजी जानकी भट्टराईलाई पूर्वी क्षेत्रको भ्रमणमा खटाएका छन् । 

फाजिललाई पूर्व क्षेत्रको निरीक्षणका लागि पठाइएपछि हलचोक मुख्यालयसंगै पूर्वी क्षेत्रमा समेत हल्लीखल्ली मच्चिएको छ । यो हल्लीखल्ली जुनियरहरुलाई भइरहेको हो । 

भट्टराईको टोलीमा एक हवल्दार र दुई जना सिपाही पनि छन् । एकातर्फ व्यक्तिगत कामका लागि गएको भन्नेहरु पनि छन् भने केहीले भने फाजिलमा राखेर सशस्त्रका विज्ञहरुलाई थन्क्याउनु भन्दा काममा लगाउँदा हुने पनि बताउँछन् । 

पाँचैजना फाजिल एआइजीको समय चार वर्षको हो । केपी शर्मा ओली नेतृत्वको सरकारले यसमा कस्तो निर्णय गर्ने भन्ने पनि खुलेको छैन । गृहमन्त्रालयले सशस्त्रमा दुई जनामात्र एआइजी राख्ने व्यवस्था गर्ने जनाएको छ । 

अहिले काममै रहेका तीन जना एआइजी नारायणबाबु थापा, पुष्पराम केसी र रामचरण पौडेल रहेका छन् । यिनीहरुको पदावधि सकिँदै गएपछि दुई जनामात्र राख्ने व्यवस्था गृहमन्त्रालयले गर्न लागेको हो । 

यस्तो अवस्थामा फेरि ‘फाजिल’हरुको व्यवस्था सरकारले के गर्ला भन्ने गम्भीर चासो पनि सशस्त्रभित्र छाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ