arrow

स्याङ्जामा प्रहरीले थाल्यो गाँजा फडानी अभियान

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार ८ शुक्रबार
syangja-police.JPG

स्याङ्जा । लागु औषध दुरुपयोग एवं ओसारपसार विरुद्ध अन्तराष्ट्रिय दिवसको साताव्यापी कार्यक्रम अन्तरर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गाँजा फडानी अभियानलाई तिब्रता पारेको छ । “लागुऔषध विरुद्धको सचेतना कार्यक्रम तथा गाँजा फडानी अभियान” भन्ने मुल नाराका साथ जिल्ला प्रहरी कार्यालयले हरेक स्थानीय तहमा गाँजा फडानी र सचेतना कार्यक्रम गरेको हो । जिल्लाका ११ ओटा स्थानीयतहमा यो अभियान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।

अहिले सम्म प्रहरीले विभिन्न क्षेत्रमा रहेका करिव १ हजार गाँजाको बोट नष्ट गरेको जनाएको छ । लागु औषधको सुचीमा रहेको गाँजा अबैध मानिन्छ । असार ६ गतेदेखि १२ गते सम्म प्रहरीले सचेतना र गाँजा फडानीलाई अभियानकै रुपमा अगाडी सारेको छ । लागुऔषध प्रयोग गर्दा हुने बेफाईदा र कानुनी कारवाहिको बारेमा सचेतना गरिएको छ भने हरेक घरमा पालीएको गाँजा अबैध हुने भन्दै यसबाट हुन सक्ने बिकृतिलाई मध्यनजर गरेर गाँजा नष्ट गरेको प्रहरीको भनाई छ ।

अहिले सम्म जिल्ला प्रहरीको मातहातमा रहेका प्रहरी चौकीले विभिन्न क्षेत्रमा गाँजा नष्ट गर्दै आएका छन् । जिल्लाका साविकका गाविस अर्जुनचौपारी, पञ्चमुल, सेतिदोभान, सेखाम, विर्घा, केवरेभञ्याङ्, रापाकोट लगायत दर्जनौ क्षेत्रमा गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार लागुऔषध ओसापसार विरुद्धको अभियान अन्तर्गत गल्याङ र भीरकोटमा सचेतना र्‍याली सम्पन्न गरेको जनाएको छ ।

 वालिङ, पुतलीबजार नगरपालिकामा सचेतना र्‍याली सम्पन्न गरिसकेको थियो भने शुक्रवार गल्याङ् नगरपालिकामा वडा नं. ३ का अध्यक्ष महेश भट्टराईको प्रमुख आथित्यतामा र भीरकोटमा नगर प्रमुख छायाराम खनालको प्रमुख आथित्यतामा सचेतना र्‍याली र कोण सभा सम्पन्न गरेको जनाएको छ । प्रहरीले ल्याएको यो अभियानलाई सबै नागरिकले सहयोग गर्नुपर्ने जनप्रतिनिधिहरुले बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ