arrow

खानेपानीबाट वञ्चित गर्न लागिएको भन्दै स्थानीयको गुनासो

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
tap-water.jpeg

रामेछाप । रामेछापको लिखु गाउपालिका वडा नं .७ तिल्पुङ खाल्साको १८ घरधुरीलाई खानेपानीबाट वञ्चित गर्न लागिएको भन्दै स्थानीयले गुनासो गरेका छन् । जिल्ला खानेपानी डिभिजन तथा सरसफाई समन्वय समिति मन्थली अन्तरर्गत सञ्चालित केन्द्रिय खानेपानी योजना स्कीम नं ७ हलदेवेसी खानेपानी योजना गैरीखोला मुहानबाट नवदर्शन उ.मा.वि र तिल्पुङ स्वास्थ्यचौकी हुदै खानेपानी ल्याउने योजना भएपनि खानेपानी उपभोक्ता समिति र वडाले मनपरी ढङगले सर्भे भएको ठाउभन्दा १ सय मिटर तलबाट पाईप विच्छाई पहुँच भएका घरलाई मात्र दिने षडयन्त्र गरेको र स्कुल र स्वास्थ्यचौकीलाई समेत खानेपानीबाट वञ्चित गर्न लागिएको स्थानीय पीडित समाजसेवी लीलाबहादुर बोहोराले दुःखेसो गरेका छन् ।

अहिलेको खानेपानी उपभोक्ता समितिको योजना अनुसार पानी लगेमा स्कुल र स्वास्थ्य चौकीमा समेत पानी जादैन । फागुन चैत बैशाख र जेठमा पानीको असाध्यै दुख हुन्छ वडा कार्यालयमा निवेदन दिदा पनि वास्ता गर्दैन खानेपानी उपभोक्ता समिति र वडाले वेवास्ता गरेर हाम्रो माग पुरा नगरेमा मागलाई जारी नै राखेर गाउपालिकाको कार्यालयमा जाने र आन्दोलन समेत गर्न पछि नपर्ने बताउछन्  स्थानीय पीडित समाजसेवी लीलाबहादुर बोहोरा ।

पहिले ६४ घरधुरीले  जिल्ला खानेपानीलाई निवेदन दिएको र पानी कहासम्म चढछ त्यहि ट्ङयाकी बनाएर पानी दिन्छौ भनेको र अहिले खानेपानी उपभोक्ता समितिले पहिले सर्वे भएको ठाउभन्दा धेरै तलबाट पाइप विच्छाई ट्याङकी बनाउन लागेकोले फेरी ४३ घरधुरीले वडा कार्यालयमा निवेदन दिएकोमा वडाले पनि वेवास्ता गरेको दुखेसो गर्छज् स्थानीय पिडित रविन्द्र कुमार आले । खानेपानीको निकै नै दुख छ २०७२ को भुकम्पले गर्दा मुहान सुकेर खानेपानीको चरम अभाव छ । वर्खा लागेपछि प्रशस्तै पानी भएपनि फागुन चैत बैशाख र जेठमा अतिनै खानेपानीको दुख हुने भएकोले खानेपानी उपभोक्ता समितले भेदभाव नगरीकन पानी दियोस भन्ने माग गरे । छलफलमा समेत आफुहरुलाई नबोलाएको र अरु उपभोक्तालाई पनि एक दिन पाइप विच्छ्याउन नआएमा २५ सय जरीवाना लिने कुरा गरेको बताउछन् स्थानीय पिडित रविन्द्र कुमार आले ।

७ सय विद्यार्थी अध्ययनरत विद्यालयमा पानीको एकदमै अभाव छ अहिलेको योजना अनुसार खानेपानीको योजना अगाडि बढाइयो भने स्कुल र स्वास्थ्यचौकी समेत खानेपानी बाट वञ्चित हुने गुनासो गर्नुहुन्छ । मुहान १४ सय मिटरको हाइटमा रहेको र स्कुल ९ सय देखी साढे ९ सय को हाइट मा भएकोले सजिलै पानी आउने बताउछन्  । राजनितिक खिचातानीले गर्दा स्कुल र स्वास्थ्य चौकी पानीबाट बञ्चित नहोस भन्छन् नवदर्शन उ.मा.वि को एक शिक्षक ।

त्यस्तै स्वास्थ्यचौकी तिल्पुङमा पनि पानीको अवस्था निकै नै नाजुक छ । आरएनडिपी संस्थाले ल्याइदिएको पानी भुकम्पले गर्दा मुहान सुकेर खानेपानीको अभाव भएको छ र अहिले घरबाट नै बोतलमा पानी ल्याएर खाने गरेको बताउछन्  स्वास्थ्यचौकी तिल्पुङका सिअहेव प्रेमबहादुर कार्की । अहिले वर्थिङ सेन्टर बन्दैछ यदि पानी भएन भने वर्थिङ सेन्टर चलाउन पाइदैन । स्वास्थ्य चौकीको सरसफाइ गर्न बिरामीलाई खान दिनको लागि समेत पानी नभएको गुनासो गर्छन् स्वास्थ्यचौकी तिल्पुङका सिअहेव प्रेमबहादुर कार्की ।

पानीको साह्रै दुख छ फागुन लागेपछि जेठसम्म पानीको अभाव हुन्छ नजिकैको खेतको सिममा कुवा बनाएर पानी ल्याउदा कुवामा खेत धनिले फोहोर हाल्दीनी पानी नदिने गर्छ त्यसैले ४ घण्टाको उकालो ओरालो बाटो हिडेर तिल्पुङखोला जानुपर्ने बाध्यता हुन्छ हाम्रो पनि दुख बुझोस वडा र उपभोक्ता समितले व्यक्तिगत स्वार्थमा लागेर अहिलेको योजनाको खानेपानीबाट बञ्चित नगरीदियोस भनेर गुनासो गर्छन् स्थानीय पिडित कृष्णकुमारी बोहोरा ।

पहिले सर्वे भए अनुसार पाइप नलगि धेरै तलबाट पाइप विच्छ्याइएको र यसो गर्दा स्कुल र स्वास्थ्य चौकी समेत खानेपानीबाट बञ्चित हुने भएकोले विच्छ्याईएको पाइप निकालेर ४३ घरधुरीले खानेपानी बाट वञ्चित नगराउन आग्रह गर्दै वडा कार्यालयमा निवेदन दिएका थियौ र भोलिपल्ट प्रहरी ल्याएर निवेदन कर्तालाई समेत राखेर छलफल नगरी वडा अध्यक्ष समेतले पाइप फेरी तलबाट नै लानुभएछ । वडा अध्यक्षले सबैलाई समान ढङगले सेवा सुविधा दिनुपर्छ कसैलाई काख कसैलाइ पाखा गर्नुहुदैन वडाले र उपभोक्ता समितिले पार्टीगत विभेद गरी आफुहरुलाई खानेपानी बाट बञ्चित गरेको बताउछन् स्थानीय पिडीत गणेश बहादुर बोहोरा ।

पहिले सर्वे भए अनुसार नै पानीको पाईप विच्छ्याईएको र पाइप अलिकति तलमाथी नै हुन्छ । ७, सय० मिटर पाइपमा ६४ सय मिटर पाइप लेबल अनुसार नै गाडिसकेको छौ । गणेश बहादुर बोहोराको अध्यक्षतामा छैठौ स्कीम न.को योजनाको मुहान उपभोक्ता समितिको नाममा दर्ता नगरेकोले ९ लाखको योजना काम भाको छैन यदि ९ लाखको योजना फिर्ता भएमा अहिलेको योजनाको पानी दिने बताउछन् तिल्पुङ हल्देवेशी खानेपानी सरसफाई योजनाको सचिव स्यामनारायण श्रेष्ठ । तर त्यो ९ लाखको योजनाको काम भइसकेको र र उपभोक्ता समितिको नाममा नै दर्ता गरेको अहिले त्यो मुहानमा पानी सुकेको र बर्खामा पानी हुने र फागुन लागेपछि जेठ सम्म पानीको अभाव हुने बताउछन् स्थानीय गणेश बहादुर बोहोरा ।

तर पीडितहरुले भनेजस्तो पानीमा भेदभाव नगरेको वडाअध्यक्ष सुवास बोहोराको दाबी छ । अहिलेको योजनाले विद्यालय र स्वास्थ्य चौकीलाई मुख्य प्राथमिकतामा राख्ने र क्रमशः अरु गाउँलेलाई पानी खुवाउने उनले प्रतिवद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ