arrow

नेपालमा कम्युनिष्ट शासन होइन पक्षपाती शासनको सुरु : रामचन्द्र पौडेल

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
ramchandra-daju-news-aa.jpeg

काठमाडौं ।  जिल्ला सभापतिहरुको भेलाले अन्यौलता र निराशामा रहेका देशभरका कार्यकर्ताहरुलाई एकहदसम्म आश्वस्त पार्ने काम गरेको छ । सभापतिहरुले आफ्ना कुराहरु निर्धक्क राख्ने साहस पनि देखाउनुभएको छ । नैतिक साहस पनि सभापतिहरुले देखाउनुभएको छ । सभापतिहरुले पार्टी सुधारका केहि विषयहरुलाई उठाउनुभयो । म उहाँहरुलाई धन्यवाद दिदै उहाँहरुलाई स्यालुट गर्दछु । साथै जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई राम्रो व्यवस्थापन र सफलतापूर्वक सम्पन्न गरेकोमा मकवानपुरका पार्टी सभापति, जिल्ला कार्यसमितिका सवै साथीहरु तथा भ्रातृ तथा शुभेच्छुक संस्थामा सवै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहान्छु ।

हामी अहिले धेरै चुनौतीपूर्ण घडिमा छौ । यो चुनौतीको सामना गर्नका लागि जिल्ला सभापतिहरुले पार्टीलाई विधी र विधानका आधारमा मात्र चलाउनुपर्छ भन्ने सुझाव दिनुभएको छ । अहिले सम्म विधी र विधानको पालना हुन नसक्दा हामी चुनौतीपूर्ण घडिमा आइपुगेका हौं । अब हामी विधानको दायरामा रहेर पार्टी संचालनको प्रयास गछौं । अब विधी सम्मत काम गर्नुपर्छ  ।

नयाँ विधानको मस्यौदाका सम्बन्धमा पनि सुझाव दिनुभएको छ । विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुलाई पनि समावेश गराउने प्रस्ताव गर्नुभएको छ । अब विधान मस्यौदा समिति मात्र होइन अन्य विभागहरु अनुसाशन समिति, निर्वाचन समिति पनि तत्काल बनाउनुपर्ने छ ।  यी सवै काम अब विधी र विधान अनुसार सहमतिका आधारमा हुनुपर्छ  । हाम्रो विधानमा प्रदेश समिति बनाउने भन्ने छ । प्रदेश समिति बनाउनका लागि सम्बन्धीत प्रदेशका महाधिवेशन प्रतिनीधिहरुको सम्मेलनले बाँकी कार्यकालका लागि प्रदेश समिति बनाउने गरि काम अगाडि अब बढाउनुपर्छ । अब छिट्टै प्रदेश अधिवेशनहरु हुनेछन् ।

अहिले मुलुकमा सवैभन्दा गम्भिर विषय ससस्त्र द्धन्दकालमा कब्जा गरिएको जग्गालाई अहिले कम्युनिष्ट सरकारले बैधानिकता दिने प्रयास थालेको छ । यता तर्फ हाम्रो ध्यान दिनुपर्छ । हिजो माओवादीको द्धन्दमा कब्जा गरिएका जग्गालाई अहिले जो जो ले कब्जा गरे उसैका नाममा बैधानिक रुपमा रजिष्ट्रशन दिने काम हुने भएको छ । माओवादीले द्धन्दकालमा जबरजस्ती गरेका लिखतलाई अहिले मालपोतबाट बैधानिकता दिने प्रयासलाई कांग्रेसले रोक्न पर्छ । बैयक्तीक स्वतन्त्रताको रक्षा कांग्रेले गर्न सक्नुपर्छ । ३० विगा जमिनका मालिकले ३ विग्गा जग्गा कब्जा गरेको । रुकुम रोल्पा लगायतका ठाँउहरुमा कति जग्गा कब्जा भएको । हिजो  विस्तृत शान्ति संझौता लगायतका शान्ति प्रक्रियाका काम हुँदा तत्कालिनन एमाले पार्टी यो मुद्दामा हामीसंग थियो । अहिले एमाले कहाँ हुन्छ हामीले हेर्नुछ ।
अर्को कम्युनिष्टहरुले पक्षपातको शासन सुरु गर्दैछन् । यहाँ माक्सवाद, साम्यवाद जनवाद केहि होइन पक्षपातको शासन सुरु हुँदैछ । गाँउ गाँउमा कम्युनिष्टहरु पक्षपातको शासन सुरु गरेका छन् । गाँउ गाँउमा शिक्षकहरु माथि पक्षपात सुरु भएको छ । वजेट विनियोजनमा पक्षपात सुरु भएको । नेपालमा कम्युनिष्ट शासन होइन पक्षपाती शासनको सुरुवात भएको यो पक्षपातको राजको विरुद्धमा कांग्रेसले जेहाद छेड्नु ।

नेपाली कांग्रेसका सामु धेरै चुनौती छन भन्ने कुरा मैले भनिसकेको छ । यो चुनौतीको सामना गर्नका लागि हामीले वारफुटिङमा काम गर्नुपर्छ  । यो वारफुटिङ भनेको के हो भने एकै पटक दिमागले १० वटा कुरा सोच्ने ११ वटा निर्णय गरेको काम गर्ने हो । यो स्पिडमा काम गरेर हामील अब कर्मशील कांग्रेस बन्ने बाटोमा सवै लाग्न जरुरी छ । कर्मशील काग्रेस भएर हामीले देशभर जानुपर्‍यो । वडा वडामा टोल टोलमा जनतासंग छलफलमा जानुपर्‍यो । जनतासंग बुझ्न पर्‍यो । जनताका समस्या के के छन भनेर । जनताले कांग्रेसलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर हामी अब गाँउ गाँउ टोल टोलमा पुग्न पर्‍यो ।

अब यो भेलामा सवैभन्दा बढि पार्टीमा एकताको विषय उठ्यो । म त सधै पार्टी एकताको पक्षधर हुँ । कुनै बेलामा मैले पार्टीमा एकताको कुरा गर्दा सवैले मध्यमार्गी भन्ने गरेका थिए । त्यसैले पार्टीमा एकताको सवैभन्दा धेरै चिन्ता मलाई छ । गुटबन्दीको पक्षमा म छैन् । त्यसैले मैले पटक पटक सभापतिलाई भनेको छु, सिंगो पार्टीको सभापति बन्नुभयो अब सिंगै कांग्रेसलाई आफ्नै ठान्नुस भनेको छु । नेतृत्वको नजर सवै कार्यकर्तामा समान रुपले पुगोस भन्ने मेरो इच्छा हो । तर नेतृत्वको नजर नपुगेका नेता कार्यकर्ताहरुको आवज मैले बोल्दै आएको छु । एकताका लागि न्याय निष्पक्षता र पारदर्शी मुल्याङकन आवश्यक छ ।

मैले कांग्रेसलाई घाटा हुने काम गरेको छैन् । कांग्रेसलाई बलियो बनाउन सभापतिलाई सुझाव दिएको छु । कांग्रेसलाई घाटा हुन्छ भनेर चुनाव अगाडि धेरै समस्या हुँदा पनि मैले धेरै बोलिन तर चुनाव पछिको समिक्षामा धेरै कुरा उठेका छन् । अहिले हाम्रो भोट बढेको तर्क गरिन्छ तर सवै साना पार्टीहरुको भोट यो पटक गणना भएन उनीहरुको भोट पनि जोडिदा हामीलाई ३३ प्रतिशत पुग्यो कम्युनिष्टहरुको भोट ४८ प्रतिशत पुगेको हो । अब म देशभर कर्मशील कांग्रेस बनाउने अभियान लिएर पार्टीमा एकताको सन्देश सहित देशभर अभियान लिएर जानेछु ।

(नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको मकवानपुरमा सम्पन्न भेलाको समापन समारोहलाई सम्बोधन )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ