arrow

धनकुटाबाट तिव्र रुपमा बढेको बसाइँसराइ रोक्न अपिल

logo
प्रकाशित २०७५ असार ८ शुक्रबार
dhankuta_view_01.jpg.jpeg

काठमाडौं । धनकुटाबाट व्यापार व्यावसाय बन्द गरी बसाइँसराइ तिव्र रुपमा बढ्दै गएकोले त्यसलाई रोक्नका लागि सरकार लगायत सवै सरोकारवालाहरुलाई धनकुटा बचाऔ अभियान समितिले शुक्रवार काठमाडौंमा सवैपक्षसंग छलफल गरी  अपिल गर्दै ध्यानकर्षण गरेको छ ।

धनकुटाबाट क्षेत्रिय स्तरको कार्यालयहरु १ नम्वर प्रदेशको अस्थायी मुकाम विराटनगरमा र जिल्ला स्तरीय कार्यालयहरु धनकुटा जिल्लाका सातवटै तहमा समायोजन भै गएकाले धनकुटा बजारमा दिन प्रतिदन बसाई सराई बढ्दै गएकाले चहल पहसल कमहुदै गएको व्यापार व्यावास तथा उद्योग बन्द हुन थाले पछि धनकुटाका भविष्यनै खतरामा पर्न लागेकोले केन्द्रिय तथा प्रदेश सरकार र राजनैतिक दल तथा सवै सरकारवालाको ध्यानर्कषण गदै यसलाई रोक्न सम्वन्धित पक्षसंग अनुरोध गर्दै धनकुटा बचाऔ अभियान समितिका संयोजक विजय सन्तोषी राईले अपिल जारी गरेका हुन् ।

धनकुटाबजारमा व्यापार व्यावसायमा मन्दी आई पुरै चहलपहलमा शुन्यता छाएपछि धनकुटाका  २१ वटा पसलहरु  र  १४ वटा साना उद्योग व्यावासय  बन्द भएको  केन्द्रिय राजधानी काठमाडौं तथा  विराटनगर,धरान र ईटहरी लगायतका तराईका  धनकुटा बजारबाट बसाई सराई तिव्र रुपमा बढेकोले  यसलाई रोक्नका लागी सरकार सक्षम धनकुटा बचाऔ अभियान समितिले सवै पक्षसंग छलफल गरी अपिल जारी गरेको हो ।

 धनकुटामा चहलपहल कम हुदै गएपछि ब्यापार व्यावसायमा पनि ज्यादै कम भएकाले यहाका उद्योगी,व्यापारी व्यावसायीहरुमा समेत चरम निराशा छाएको र मनोवल समेत गिर्दै गएको पाईएको छ । धनकुटाकामा तत्काल  प्रदेश प्रमुखको कार्यालय, १ नम्वर प्रदेस स्तरीय मेडिकल कजेल,इन्जिनियरिङ्ग कजेल,श्रमको कार्यालय र पूर्वी पहाडी जिल्लाहरुका लागी धनकुटामा यातायत,श्रम,आन्तरिक राजश्व,परिक्षा बोर्ड,स्वास्थ्य,शिक्षा,कृषि,लोकसेवाको कार्यालय र धनकुटा औद्योगिक क्षेत्रमा प्रदेश स्तरीय औद्योगिक ग्राम राख्नका लागी समेत अपिल मार्फत घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष समेत रहेका धनकुटा बचाऔ अभियान समितिका संयोजक विजय सन्तोषी राईले केन्द्रिय सरकार र प्रदेश सरकार समक्ष माग गरेका छन् ।

सार्मथ्य,सुरक्षा उचित हावानी,पूर्वाधारले सम्पन्न १ नम्वर प्रदेशको मध्यभागमा रहेको सवै किसिमले ज्यादै उपयूक्तरहेको  धनकुटा राणा शासन देखी हाल सम्म गौडा हुदै पूर्वाञ्चलको सदरमुकामको रुपमा रहदै आएता पनि  १ नम्वर प्रदेशको अस्थायी राजधानी नबनाईदा धनकुटा पुरै चहलपहल हराउदै सुक्दै गएकाले अव धनकुटालाई बचाउन र धनकुटाको गौरवपूर्ण ईतिहास कायम गर्नका लागी स्थायी राजधानी धनकुटा बनाउनु पर्ने  अपिलमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ