arrow

मोटरसाइकल चालक ३५ वर्षीय इन्द्रकुमारको सडक दुर्घटनामा मृत्यु

logo
प्रकाशित २०७५ असार ९ शनिबार
motorcycle-accident.jpg

सुरुङ्गा, झापा। झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन्। शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। 

चट्याङ लाग्दा हल गोरु र गाई मर्यो
यसैगरी आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ। भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ