मासु खादा घाँटीमा हाड अड्किएपछि ६० वर्षीय होमबहादुरको मृत्यु
प्रकाशित २०७५ असार ९ शनिबार
611
Shares
त्रिशूली, नुवाकोट। बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ। आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए।
हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस