arrow

समृद्ध गाउँपालिका लागि भौतिक पूर्वधारमा प्राथमिकता

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार ९ शनिबार
mathagadi.jpg

पाल्पा (माथागढी) । समृद्ध गाउँपालिका निर्माण गर्न भौतिक पूर्वधारमा ध्यान दिनु पर्ने मा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । शुक्रबार माथागढी गाउँपालिकाले आयोजना गरेको २०७५-०७६ को नीति, कार्यक्रम तथा बजेट सम्बन्धी स्थानीय राजनितिक दलका प्रतिनिधिहरु सँगको अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले सडक, खानेपानी, विद्युत, विद्यालय जस्ता भौतिक पूर्वधारहरुलाई प्रथामिकतामा राखेर नीति तथा कार्यक्रमहरु तर्जुमा गर्नु पर्नेमा सुझाव दिएका छन् ।

 भौतिक पूर्वधारको विकास हुनु नै गाउँको विकास भएकाले प्रथामिकता दिएर कार्यक्रम ल्याउनुपर्नेमा सहभागीहरुले गाउँपालिकालाई आग्रह गरेका हुन । उनीहरुले भौतिक पूर्वधारको निर्माण सँग सगै उद्यमशिलतालाई पनि ध्यान दिन सुझाव दिए । गाउँपालिकालाई कृषि उपज, पशुपालनका रुपमा विकास गरी आत्मनिर्भर गाउँपालिका बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

 त्यस्तैगरी लक्षित वर्ग अन्र्तगत महिला, दलित र अपाङ्गा सशक्तिकरणका लागि विभिन्न तालिमहरु सञ्चालन गर्नु पर्ने र युवाहरुलाई विदेश पलायन हुन बाट रोक्न स्थानीय स्तरमा रोजगारको व्यवस्था गर्नु पर्नेमा सहभागीहरुले सुझाव दिएका छन् । अन्र्तक्रिया कार्यक्रममा नेपाली काँग्रेस माथागढी गाउँपालिकाका सभापति बालकृष्ण जिसी, नेकपाका  नेताहरु तेज बहादुर घर्ती,  नवल श्रेष्ठ, स्थानीय पत्रकार गजेन्द्र पन्थी, बुटवलटुडेका जिल्ला संवाददाता प्रकाश नेपाल लगायतले स्थानीय स्रोत र साधनहरुको परिचालन गरी जनमैत्री  बजेट तथा कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि आइतबार  नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ