arrow

टीकापुरका ९५ प्रतिशत लागु औषध प्रयोगकर्ता प्रहरी नियन्त्रणमा

लागु औषध दुर्व्यसनी न्युनिकरण अभियान सम्पन्न

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ असार ९ शनिबार
tikapur-drug.jpg

कैलाली । लागु औषध दुर्व्यसनी नियन्त्रण अभियानका लागि जनचेतना मुलक कार्यक्रम शुनिवार कैलालीको लम्कीमा सम्पन्न भएको छ । कार्यक्रममा यस क्षेत्रका विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थि, युवा युवती, अभिभावक, शिक्षक, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि र सुरक्षा निकायका यस क्षेत्रका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 असल समाज नेपाल नामक संस्थाको आयोजना र लम्कीचुहा नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सहभागिहरुले यस क्षेत्रमा लागु औषध प्रयोगकर्ताको संख्या बढ्दै गएको प्रति चिन्ता ब्यक्त गरेका थिए । विद्यालय पढने बालबालिका देखि समाजमा समाजको अगुवा गर्ने युवायुवतिहरु दुर्व्यसनीमा फस्नु दुखद् भएको भन्दै यसले समाजमा भयाबह स्थीती ल्याउने सम्भावना बढदै गएको प्रति सबै सजग रहनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका उप–प्रमुख टीका थापाले लम्कीचुहा नगरपालिका भित्रका युवा युवती समेत लागु औषधमा फसि रहेको बताउदै त्यसलाई नियन्त्रण गर्न शसक्त कार्यक्रम ल्याउने प्रतिबद्धा जनाए  ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख नायव प्रहरी उपरिक्षक भिम बहादुर सिंहले यस क्षेत्रको लागु औषध नियन्त्रण गर्नको लागि आफु प्रतिबद्ध रहेको बताए । आफु टीकापुर सरुवा भएर आएपछि पहिलो अभियान लागुऔषध नियन्त्रण गर्ने रहेका बताउदै अभियान सञ्चालनको २४ दिन सम्म टीकापुर र जानकी गाउपालिकाको करीब ९५ प्रतिशत लागु औषध प्रयोग कर्ता नियन्त्रणमा आएको बताए । उनले लागु औषधसंग सम्बन्धीत करीब १ सय ३७ जना भन्दा बढी पक्राउ गरी सकेको बताए ।

 टीकापुर क्षेत्रलाइ  लागु औषध सम्बन्धी क्लीनस्वीप  अभियान सञ्चालन सुरु गर्दा कसैलाई पत्यार नलागेको बताउदै नायव प्रहरी उपरिक्षक भिम बहादुर सिंहले आफ्नै अभिभावकका कारण बालबालिका र युवायुतिका कारण लागु औषधमा फस्ने गरेको बताए । लागु औषध नियन्त्रणको लागि अभिभावक जिम्मेवार हुनै पर्ने उनको भनाई थियो । कार्यक्रममा सशस्त्र प्रहरी बेस क्याम्प डुडेझारीका प्रमुख नायव प्रहरी उपरिक्षक प्रेम बहादुर रावलले लम्कीचुहा नगरपालिकाको लम्की बजारमा लागु औषध प्रयोगकर्ताको संख्या बढदै गएको बताए  । यसले समाजमा शान्ति सुरक्षामा समेत गम्भीर असर पारी रहेको बताउदै सबै सजग हुनु पर्नेमा जोड दिए ।
 
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष जनक बहादुर बमले लागु पदार्थ दुब्यर्सनी न्युनिकरणका लागि नगरपालिकाले जनचेतामा मुलक कार्यक्रमलाई प्राथमिता दिनु पर्ने बताए । वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर थापाले दुर्व्यसनमा फस्नु युवाहरुको मात्र दोष नभएको भन्दै दोषि अभिभावक भएको बताए  ।

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद  जोशी, नेकपाका प्रतिनिधि लालबहादुर कुमाल, नेपाली काग्रेसका नगर सभापति रामबहादुर विष्ट, विबेकशिल साझाका कृष्ण बहादुर बटाला, नेपाल मजदुर किसान पार्टिका जिल्ला अध्यक्ष रमेश रावल, लम्कीचुहा उद्योग बाणिज्य संघका निर्बतमान अध्यक्ष पदम राज चौलागाई, हरीप्रसाद तिमिल्सैना र शिक्षिका नाबेन्द्रा बरालले यस क्षेत्रको लागु औषध दुर्व्यसन न्युनिकरणको लागि नगरपालिकाले ठोस कार्यक्रम ल्याउनु पर्ने बताएका थिए ।

 युवाहरुलाई खेलकुद क्षेत्रमा लाग्न प्रोत्साहान मिल्ने खालका कार्यक्रमका साथै दुब्र्यसनीमा फसेका युवाहरुलाई सुधारको लागि समेत पहल गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताले दुब्र्यसनीमा फस्ने युवाहरु ऋाफ्नै अभिभावकका कारण बढी रहेको बताएका थिए । यसमा सबै अभिभावक सजग र गम्भीर हुन समेत आवश्यक रहेको औल्याएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ