arrow

रहेनन् दक्षिण कोरियाली पूर्वप्रधानमन्त्री किम जोङ पिल

logo
प्रकाशित २०७५ असार ९ शनिबार
kim-jong-pil.JPG

सोल । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री तथा चर्चित गुप्तचर संस्थाका संस्थापक किम जोङ पिलको निधन भएको छ ।  राजधानी सोलमा शनिबार ९२ बर्षको उमेरमा उनको निधन भएको उनका सहयोगीहरुले जनाएका छन् ।  दक्षिण कोरियाको अनुदारवादी राजनीतिका शिर्ष चर्चित नेताका रुपमा पिललाई लिने गरिन्छ ।

पूर्वराष्ट्रपति द्धय किम योङ साम र किम डाय जुङसँगै सन् १९८० र १९९० को देशकमा उहाँले मुलुकका लागि ठूलो योगदान गरेको थियो । त्यस समयलाई “तीन किम” को समयका रुपमा पनि लिइन्थ्यो ।
 
सैन्य तानाशाह चु डु ह्वानले शक्तिमा आएपछि सन् १९८० देखि १९८७ सम्म ती तीनै जनालाई राजनीतिबाट प्रतिवन्ध लगाएका थिए ।
शनिबार देहत्याग गर्नु भएका किमले सन् १९६१ बाट राजनीतिक जीवन सुरु गरेका थिए । उनि सन् १९७१ देखि ७५ सम्म र १९९८ देखि २००० सम्म गरी दुई पटक दक्षिण कोरियाको प्रधानमन्त्री बनेका थिए । एएफपी

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ