arrow

भलले खोलेको करिडोरको खाल्डोमा शब फेला

logo
प्रकाशित २०७५ असार ९ शनिबार
Palpa_District.png

रामपुर, पाल्पा । कालीगण्डकी करिडोर अन्तर्गत रामपुर १० मा भलले खोलेको बाटोको खोल्सामा एक बृद्ध मृत अबस्थामा फेला परेका छन् । गत श्रावणको भेलले खोलेको करिडोर सडकखण्ड अन्तर्गत गेझाको घाचँको खोल्सामा रामपुर नगरपालिका वडा नम्बर १० का ७३ बर्षिय घन बहादुर दमैको शब फेला परेको हो ।

 शुक्रबार घरबाट निस्केका उनीलाई रातभर आफन्तले  छरछिमेकमा खोज्दा भेटेका थिएनन् । शनिवार बिहान मात्रै भेलले खोलेको नालीमा मृत अबस्थामा भेटिएको प्रहरीले जनाएको छ । कालीगण्डकी करिडोरले दाँयाबायाँ नाली नकाटी सडक चौडा पार्दा रामपुर नगरपालिका १० को थोत्रेबारी खण्डमा बर्खाको भेलले घाच र छेउको भाग खोलेर ठुलो खाल्डो बनाएको छ । गत महिना मर्मतको केही काम थालेपनि स्थानीय जोखिम पुर्ण यात्रा गर्न बाध्य भएका छन् ।

सवारी साधन र पैदल हिड्ने यात्रु पनि सडकको बिच सम्म खोल्सो भएकाले चनाखो भई मोड लिएर हिड्नु पर्ने बाध्यता छ । ठुलो गाडी र मोटरसाइकलमा पहिलो पटक यात्रा गर्नेले निकै सावधानी पुर्‍याउनुपर्ने अबस्था रहेको स्थानीय दुर्गा भण्डारीले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ