arrow

पोखरा लेखनाथ महानगरपालिकाका अधिकृत पौडेल बेपत्ता

logo
सरिता तिम्सिना पंगेनी, 
प्रकाशित २०७५ असार १० आइतबार
poudel-bepatta.jpg

पोखरा । पोखरा–पोखरा लेखनाथ महानगरपालिका सामाजिक शाखाका वरिष्ठ सूचना अधिकृत ओमराज पौडेल शनिबार बिहानैदेखि बेपत्ता भएका छन्।

पौडेल बिहान ५ बजेदेखि सानो चिटमा ‘मैले परिवारको लागि केही गर्न सकिन’ भन्ने आशयको नोट छाडी साथमा रहेको २ वटा मोबाईल घरमै छाडेर  सम्पर्क बिहिन भएका हुन्  । 

बिहानैदेखि , पोखराका सुरक्षाकर्मी तथा परिवारका सदस्य शुभेच्छुकहरुले सेतीनदी किनारमा  खोजतलास जारि राखे पनि हालसम्म उनको अबस्था अज्ञात रहेको छ ।

शनिबार महेन्द्र पुलको खोचमा  एउटा शब देखिए पनि त्यो बच्चाको, महिलाको वा पुरुषको छुट्याउन नसक्ने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता जगदीश शर्माले बताए। 

उनले भने, ‘हामीले सम्भावित ठाउँहरुमा खोजी कार्य र अनुसन्धानको पक्षलाई जारी राखेका छौं।’

 

उनी स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष समेत हुन् । यसैबीच स्थानीय  तह कर्मचारी  युनियन  नेपालका महासचिव रामप्रसाद पौडेलले बेपत्ता पौडेलको खोजीका लागि अपिल गरेका छन् । 

उनले पौडेल अहिलेसम्म  पारिबारिक सम्पर्कमा  नआएको भन्दै सिघ्र खोजी  कार्य गरिदिन सम्बन्धित  निकायलाई अपील  गरेका हुन् । 

साथै  सत्य तथ्य  बाहिर  नआउन्जेल  सम्यमित  रहन  नेपाल  भरका सबै  स्थानीय  तहका कर्मचारीहरुलाई महासचिव पौडेलले अपिलसमेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ