arrow

राष्ट्रपतिमाथि बम हमला 

logo
प्रकाशित २०७५ असार १० आइतबार
president-zimbabwe.JPG

काठमाडौं । जिम्बाब्वेका राष्ट्रपति एमर्सन मनाङगाग्वामाथि बम हमला भएको छ । उनलाई बुलावायो शहरमा लक्षित गर्दै भएको बम हमलामा भएको हो । यो हमलामा उनी मुस्किलले जोगिएका छन् । 

ह्वाइट सिटी रंगशालामा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा उनलाई लक्षित गर्दै बम विस्फोट भएको हो । आगामी जुलाई ३० मा हुन लागेको चुनावी प्रचारका क्रममा बुल्वेओमा भएको कार्यक्रममा उनी सहभागी भएकै स्थानमा बम विस्फोट गरिएको हो ।

उक्त हमलामा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा सामान्य चोट लागेको छ । त्यसैगरी त्यहाँका केही वरिष्ठ अधिकारीहरु पनि घाइते भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

मनाङगाग्वा गत नोभेम्वरमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई हटाएर सत्तामा आएका थिए । विस्फोटमा आठ जना घाइते भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ