arrow

मन्त्री पंडितको पंडित्याइँले कर्मचारी पीडित, लत्याए नियमावली 

बढुवा र सरुवाको पत्र एकैपटक

logo
प्रकाशित २०७५ असार १० आइतबार
samanya-prasashan-mantralaya.jpeg

काठमाडौं । संघीय मामिला तथासामान्य प्रशासन मन्त्री लालबाबु पंडितको पंडित्याइँले अहिले कर्मचारीहरु पीडामा परेका छन् । उनले कर्मचारीहरुलाई ‘काम गर्ने मन छ भने गर्ने होइन भने छाड्ने’ भन्दै तानाशाही प्रवृत्ति देखाउँदा अहिले कर्मचारीहरु उनीसंग रुष्ट छन् । 

मन्त्री पंडितले आफूखुशी निर्णय गर्न खोज्दा स्थानीय तहमाथि झन् ठूलो बज्रपात भएको छ । केन्द्रबाट उनी आफूखुशी कर्मचारी खटाउने र स्थानीय तहले आफू सुहाउँदो कर्मचारी माग गरेपछि कर्मचारीहरु मर्कामा परेका हुन् । 

एक उच्चतहका अधिकृतले भने, ‘केन्द्र र स्थानीय तहको राजनीतिका कारण कर्मचारीतन्त्र नै पो ध्वस्त होला जस्तो भयो ।’

हरेक स्थानीय तहले एकैपटक आइतबार बजेट सार्वजनिक गर्दैछन् । बजेट सबै स्थानीय सरकारले बनाउने हो । तर त्यसमा अप्रत्यक्ष सबैभन्दा ठूलो सहयोग कर्मचारीकै हुने गर्छ । कतिपय स्थानीय तहमा कर्मचारीले काम गर्न पाएका छैनन् भने कतिपय ठाउँमा आफूखुशी कर्मचारी चलाइरहेका छन् । 

बढुवा र सरुवाको कागज एकैपटक, नियमावलीको धज्जी उड्यो 

कर्मचारीहरुको फाइल बढुवामा जेठमा ८२ जनाको बढुवा भयो । उनीहरु सबै नायव सुब्बाबाट अधिकृतमा बढुवा भएका हुन् । 

फाइल बढुवा खानेमा बीसौं गर्षदेखि एउटै पदमा रहनेहरु पनि छन् । ८२ मध्ये चार जनाको काठमाडौंबाट बाहिर सरुवा भएको छैन भने बाँकी सबैको टाढा टाढा सरुवा भएको छ । 

चार जनामा दुई जना यही असार मसान्तभित्रै अवकासप्राप्त हुँदैछन् । बाँकी दुईमा एक जना अपांगता भएकाले काठमाडौं भित्रै सरुवा भएको हो भने एक जना नेता परेका छन् । 

कर्मचारी संगठनका नेता (उपाध्यक्ष) भोला पोखरेल काठमाडौंबाट बाहिर जानु नपरेपछि मन्त्री पंडितको पंडित्याईको पनि धज्जी उडेको छ । 

त्यसैगरी काजमा सरुवा गर्दा कर्मचारी नियमावलीको धज्जी उडाइएको छ । नियमावलीअनुसार ५० वर्ष उमेर पुगिसकेका कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक भौगोलिक विकट क्षेत्रमा खटाउन नपाइने भनिएको छ । 

तर मन्त्री पंडितले कर्मचारीमाथि खेलवाड गरेका छन् । ५० नाघेकालाई नसोधी खटाइएको छ । 

एक पूर्वसचिवले यो नियमावलीलाई मन्त्रीले पनि पालना गर्नुपर्नेमा जोड दिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ