- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । चापाकोट नगरपालिका कार्यालयमा तालाबन्दी पछि आज हुने भनिएको नगरको बजेट, निति तथा कार्यक्रम वडा नम्बर ८ दामाचौर बगैँचामा हुने भएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय निकाय संञ्चालन ऐन २०७४ को एकाधिकार भित्र रही देशभरका स्थानीय तहलाई आज नै निति तथा कार्यक्रम पास गर्न परिपत्र गरेको थियो । नगरका प्रतिपक्ष साथीहरुले नगर कार्यालयमा तालबन्दी गरि धर्ना दिएर उक्त कार्यमा अबरोध गरेको र निति कार्यक्रम रोक्न नमिल्ने भएकाले दामाचौर बगैचामा कार्यक्रम राखिएको नगर प्रमुख शिब कुमार गिरीले बताए ।
चापाकोट नगरपालिकामा गत असार ८ गते बसेको नगर कार्यपालिकाको बैठकमा चित्त नबुझेका बिषयमा राख्न खोज्दा नगर प्रमुखले नेकपा समर्थक वडाध्यक्षहरुलाई आपत्ति जनक शब्द प्रयोग गरि गाली गलौज र मानहानी हुने व्यबहार गरेको भन्दै नेकपा समर्थक वडाध्यक्षहरु वडा नम्बर ७ का अध्यक्ष रबिचन्द्र बस्ताकोटी, ९ का अध्यक्ष शंकरभक्त भण्डारी र वडा नम्बर १० का अध्यक्ष रामु कोइरालाले बिज्ञप्ति निकाली बैठक बहिस्कार गरेका थिए ।
नगर प्रमुख शिब कुमार गिरीले सोही दिन बिज्ञप्ति निकालेर कार्यपालिका बैठक भैरहेका बेला खानेपानी तथा अन्य केही योजनालाई प्राबिधिक स्टमेटको आधारमा शिर्षक मिलान गरी रकम बिभाजन गरौ भन्ने प्रस्ताव छलफल हुदै गर्दा एक्कासी हामीलाई चित्त नबुझेकोले वडा नम्बर ७,९ र १० का वडाध्यक्षहरु बैठकबाट बाहिरिएको बताए । गिरीले प्रक्रिया पुर्याउन भनिएको बिषयलाई लिएर बाहिर आधारहिन हल्ला फैलाएर बैठकमा झगडा भएको भन्ने भ्रामक खबर पुर्याएकोमा नगरपालिका परिवारलाई दुःखी बनाएको बताए ।