arrow

सफा र हरियाली मुलुकका लागि विवेकशील साझाको वृक्षारोपण

logo
प्रकाशित २०७५ असार १० आइतबार

काठमाडौं । विवेकशील साझा पार्टीको दहचोक चन्द्रागिरी–१ वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ पार्टीले काठमाडौंलगायत देशैभरि सफा र हरियाली बनाउने योजनाअनुसार वृक्षारोपणको कार्यक्रम अघि सारेको हो । यो योजनाअन्तर्गत करिब ९०० विरुवाहरु केउरानी सामुदायिक उपभोक्ता बन लगाएतका वरिपरिका खूल्ला क्षेत्रहरूमा रोपिएको हो ।  

वृक्षारोपणमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र, केन्द्रीय सदस्यहरु मिलन पाण्डे, अर्जुन सिंह ठकुरी, मानवी पौड्याल, डा. दिनेश प्रशाई लगायतका नेताहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानीयहरुका साथै विवेकशील साझा पार्टीका सदस्यहरु मिलेर विभिन्न प्रजातिका विरुवाहरु अनि फलका विरुवा रोपेका थिए ।

कार्यक्रममा विरुवा रोप्दै रवीन्द्र मिश्रले अब विवेकशील साझा पार्टीले सामाजिक, आर्थिक, राजनैतिक अभियान देश व्यापीरुपमै अघि बढ्ने बताए । उनले देशको प्रमुख सहरहरु अनि गाउँ–गाउँमा समेत विवेकशील साझा पार्टीलाई स्वागत गर्न आतुर रहेको पाएको बताए । भर्खरै आफ्नो प्रदेश ७ को संगठन विस्तारको अनुभव सुनाउँदै दुर्गम बस्तीहरुमा समेत विवेकशील साझाको नेतृत्व अनि पार्टी प्रति आस्था रहेको पाएको बताए । उनले उक्त विरुवाहरुको स्यारसुसार अनि संरक्षणमा समेत ध्यान दिन स्थानीयलाई अनुरोध गरे ।

कार्यक्रमपछि विवेकशील साझा पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीयहरू अनि सदस्यहरुसंग अन्तरक्रिया गरेका थिए । पार्टीका केन्द्रीय सदस्य तथा उक्त क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवार मिलन पाण्डेले राजनीति चाहिने भन्दा धेरै नकारात्मक भएको भन्दै अब राजनीतिलाई सकारात्मक अनि सामाजिक उत्तरदाइत्वको रुपमा स्थापित गर्ने बताए । उनले भने, “हामी राजनीति गर्न मात्र आएका होइनौं, हामी राजनीति बदल्न आएका हौँ।” त्यहि क्षेत्रबाट गत प्रदेशसभामा विवेकशील साझाका उम्मेदवार समेत रहेका सुरेन्द्र बहादुर रानाभाटले विवेकशील साझा पार्टी चुनाबमा आउने अनि हराउने नगर्ने भन्दै विभिन्न कार्यक्रम मार्फत आफ्नो दायित्व पुरा गर्ने बताए ।

कार्यक्रमको संयोजन गरेको दहचोक इकाईका संयोजक पवन गिरिले अब दहचोकलाई संवृद्ध बनाउन आफुले इमान्दार प्रयास गर्ने बताए । उनले भने, “अरु दलका साथीहरु यस्तो सानो काम गरेर देश बन्दैन भन्नुहुन्छ, मलाई चाही हामीले यस्तै सानो सानो काम गरेर ठुलो परिवर्तन ल्याउन सक्छौं भन्ने लाग्छ । आजको हाम्रो यो कार्यक्रम ‘लेट्स डु इट’ बाट ‘उइ डिड इट’ सम्म बनाउन पार्टी सदस्यको मात्र नभई आम स्थानीयहरुको पनि भूमिका छ ।”

कार्यक्रमपश्चात उक्त विरुवाहरुको संरक्षणका निम्ति एउटा टोली समेत बनाएर संरक्षणको लागि प्रतिबद्धता समेत गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ