arrow

ओलीको चीन भ्रमणले राष्ट्रिय हितभन्दा कुर्सीको सुरक्षा रोज्यो : चन्द्र भण्डारी

logo
प्रकाशित २०७५ असार १० आइतबार
chandra-bhandari.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले राष्ट्रिय हितभन्दा  कुर्सीको सुरक्षा रोजेको बताएका छन् ।  आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्रीको चीन भ्रमणको विषयमा लेख्दै नेता भण्डारीले भ्रमणमा धेरै मानिसहरुको अपेक्षा रहेको भए पनि यो भ्रमणले परम्परागतता एवम् संकुचिततालाई चिर्न नसकेको बताए ।

  फेसबुकमा उनले लेखेका छन्, “नेपालको नेतृत्वले राष्ट्रिय हित भन्दा सिहदरबारको कुर्सीको सुरक्षा रोज्यो । नेपाल–चीन सम्बन्ध विशिष्ट हुनु पर्ने हाम्रो अवधारणा हो ।”

 कुनै पनि नेताले चिनियाँ रेलको विषयमा तँछाडमछाड गर्नुको अर्थ नरहेको उल्लेख  गरेका छन् । चीनले आफ्नो महत्वाकांक्षी योजना ओबीओआर (सिल्क रोड)बाट विश्व बजारमा आफ्नो सञ्जाल जोड्ने विषयलाई लिएर रेलको योजना अघि सारेको कारण यसमा कुनै पनि सरकारले तँछाडमछाड गर्नुको कुनै अर्थ नरहेको उनले बताए ।

नेता भण्डारीले नेपालले पटक–पटक भोगेको नाकाबन्दी, इन्धनमा एकाधिकार, लिपुलेख विवाद आदि यी सबै विषयहरु भ्रमणको क्रममाआझेलमा पर्नु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।  “नेपाल–चीन सम्बन्ध गम्भीरताका साथ पुनः परिभाषित गर्नु पर्ने टड्कारो आवश्यक्ता छ, जस्का निम्ति नेपालको नेतृत्वको एउटै आवाज हुनुर्छ ।” भण्डारीको आधिकारिक फेसबुक पेजमा छ ।

भण्डारीले सार्वजनिक गरेको विवरणमा नेतृत्वको विवादमा नेपालको दर्द लुकेको उल्लेख गरिएको छ । भण्डारी नेपालले अब नयाँ नेतृत्वको महसुस गरेको र जसले नेपाली भूमिमा टेकेर आफ्नो राष्ट्रिय हितमा आफ्नो निर्णय आफै गर्न सकोस् भन्ने आफूहरुको चाहना रहेको बताए । उनले प्रधानमन्त्री ओलीलाई राजकीय भ्रमणको निरन्तरताका लागि धन्यवादसमेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ