arrow

प्रतीक्षालय पनि बहुउद्देश्यीय ! 

logo
प्रकाशित २०७५ असार १० आइतबार
PT.JPG

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले बहुउद्देश्यीय प्रतीक्षालय सञ्चालनमा ल्याएको छ । प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्वल महर्जनले विभिन्न दाताको सहयोगमा निर्माण गर्नुभएको प्रतीक्षालय भवनको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले उद्घाटन गरे ।  

उनले भक्तपुरका सबै प्रहरी वृत्त, प्रभाग एवं इकाइका प्रहरीलाई कुनै पनि स्वार्थ नराखी जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए ।  

कार्यक्रममा प्रहरी उपरीक्षक महर्जनले स्थानीय दाताको सहयोगमा निर्माण भएको बहुउद्देश्यीय भवनले प्रहरी, नागरिक समाज र स्थानीय बासिन्दालाई सहज हुने र जनचेतनामूलक कार्यक्रम सञ्चालनमा टेवा पुग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ