arrow

काठमाडौ महानगरको बजेट १३ अरब, मोनोरेल प्राथमिकतामा

logo
प्रकाशित २०७५ असार १० आइतबार
kathmandu-metro-final-final.jpeg

काठमाडौं । महानगरपालिकाले आउने आर्थिक वर्ष २०७५/०७६ का लागि १३ अरब २ करोड १२ लाख रुपैयाँ ल्याएको छ ।महानगरले आइतबार नगरसभामा आउने आर्थिक वर्षको बजेटमा आन्तरिक आयबाट ४ अरब ९० करोड २१ लाख र बाह्य स्रोतबाट ५ अरब १९ करोड र अन्य स्रोतबाट १ अरब ४ करोड रुपैयाँ यो आकारको बजेट ल्याएको हो ।

काठमाडौंं महानगरपालिकाले आउने आर्थिक वर्षमा सार्वजनिक–निजी साझेदारी पीपीपी मोडलमा सम्पन्न गर्नेगरी विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भनेको छ । 

पीपीपी मोडलमा विभिन्न प्रकारका सेवा तथा सुविधा विस्तार गर्ने तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग साझेदारी गरी विकास–निर्माण अघि बढाउने विषयलाई प्राथमिकतामा राखेकोे छ ।

महागरपालिकाले मोनोरेल, इलेक्ट्रिक बस, सम्पदा पुनःनिर्माण, फ्लाई स्काई ब्रिज निर्माण, इ–ट्वाइलेट, इ–पार्किङ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बजेट छुट्याएको छ । त्यस्ता आयोजनाका लागि सम्भाव्यता र डिपिआर गर्न महानगरले १५ करोड १० लाख विनियोजन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ