arrow

बालविवाह नगर्ने र नगराउने कसम खाए पाल्पाका बालबालिकाले

logo
सीता डोटेल,
प्रकाशित २०७५ असार १० आइतबार
balbalika.jpg

रामपुर, पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर ६अर्चलेमाा बाल बिबाह आफुले नर्गर्ने र नगराउने कसम बालबालिकाले खाएका छन् । बालविवाह न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि चलेको २ दिने तालिम समापनका अबसरमा सहभागी बालबालिकाले समाजबाटै बालविवाह अन्त्यका लागि आफुहरु अग्रसर हुने भन्दै बालविवाह रोक्ने अभियानमा सपथ खाएर लागेका हुन् ।

अर्चले गाउँ बाल संरक्षण समिति अर्चले पाल्पाको आयोजनामा र निस्दी गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा चलेको बाल अधिकार प्रवद्र्धन तथा बालविवाह न्युनिकरण तालिममा सहभागी स्थानीय बाल क्लबका पदाधिकारी तथा प्रतिनिधिको बाक्लो उपस्थितिमा उनीहरुले बालविवाह रोकथाममा अबको पुस्ता लाग्ने दृढ बिश्वास दिलाएका छन् ।

वडामा रहेका बिभिन्न बालक्लबका ५९ जना बालिका र २७ जना बालक गरि ८६ जना उपस्थित बालबालिकाले आफ्नो हस्ताक्षर सहितको बालविवाह गर्दिन, गराउदिन र सबैलाई यसबारे सचेतना दिलाउछु भन्ने सन्देश लेखेर यस अभियानमा एक्यबद्धता जनाउदै वडा कार्यालय र वडा बाल संरक्षण समितिमा पत्र बुझाएको वडा अध्यक्ष मेख बहादुर सुनारीले जानकारी दिए । सो वडामा अधिकांश मगर समुदायको बसोबास छ, वडाध्यक्ष सुनारीले भने–समस्या धेरै रहेपनि सचेतना अभियानका रुपमा लैजानेछौ ।

तालिम अबधिमा उनीहरुलाई बाल क्लब के हो? बाल अधिकार र बाल क्लब व्यवस्थापन सम्बन्धि जानकारी सहित बालविवाह, बाल श्रम शोषण,जोखिमपुर्ण काम, बालविवाह न्युनिकरणमा बालक्लबको भुमिका बिषयमा प्रशिक्षण दिइएको अर्चले बाल संरक्षण समिति संयोजक लिलाराम राईले बताए ।  बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था इन्द्रेणी समाज केन्द्र नेपालका कार्यक्रम व्यवस्थापक रुद्र मस्राङ्गीले बालबालिकाको अभियानमा संस्थाको सदैव सहयोग हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ