arrow

गढीमाई मन्दिरलाई प्राथमिकतामा राखेर आयो महागढीमाईको वजेट

logo
मुकेश यादव।
प्रकाशित २०७५ असार १० आइतबार
mahagadhimai-nagar-sabha.jpg

बारा। महागढीमाई नगरपालिका बरियारपुरको मुख्य प्राथमितामा गढीमाई मन्दिर रहेको नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन्। नगरपालिकाको दोस्रो नगर सभामा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नगर प्रमुख यादवले आफनो प्राथमिकतामा गढीमाई मन्दिर रहेको बताए।

पर्यटक भित्र्याउनको लागि गढीमाई मन्दिरलाई सौन्दर्यकरण गर्न, निमार्णाधिन सूर्य भगवानको मन्दिर आफनो मुख्य प्राथमितामा रहेको नगर प्रमुख यादवले बताए। बजेट प्रस्तुत गर्दै उनले दोस्रोमा कृषि क्षेत्र आफनो प्राथमितामा रहेको बताए। त्यसैगरी शिक्षा, स्वास्थ्य, सडक ढलान, कालोपत्रे, नाला निमार्ण गरी भौतिक पुर्वाधार निमार्णमा केन्द्रीत रही यादवले बजेट प्रस्तुत गरे।

त्यसैगरी नगर प्रमुख यादवले २०७५/०७६ मा नगरपालिकाको आन्तरिक आम्दानी, राजस्व बढाउनेतर्फ आफनो लक्ष्य सहित बजेट प्रस्तुत गरेका छन्। आ व २०७५/०७६ को लागि संघीय बजेटतर्फको आय, बित्तीय समानिकरण अनुदान १५ करोड २८ लाख, शर्शत अनुदान १६ करोड ७० लाख, राजस्व बाँडफाँडबाट आठ करोड ७३ लाख, ३५ हजार, एलजीसीडीपीबाट २० लाख, सामाजिक सुरक्षा तथा बाल पोषण भता सात करोड ९० लाख र बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि १७ लाख, प्रदेशतर्फ शर्शत अनुदान तर्फ एक करोड, बितिय समानिकरण तर्फ ३१ लाख ९६ हजार र आन्तरिक अनुमानित आय एक करोड ३३ लाख ३६ हजार गरी ५१ करोड ६३ लाख ६७ हजारको आय नगर प्रमुख यादवले प्रस्तुत गरे।

चालु तर्फ ३५ करोड २३ लाख ५५ हजार र पूँजीगत तर्फ १६ करोड ४० लाख १२ हजार खर्च हुने यादवले बजेट प्रस्तुत गरे। आ व २०७४/०७५ को नगर सभाबाट पारित निती तथा कार्यक्रम अनुसार स्विकृत योजना तथा कार्यक्रमको जेष्ठ मसान्तसम्ममा नगरपालिका अनुदान सात करोड २४ लाख आठ हजार ५६ रुपैया, पूँजीगत अनुदान २० करोड ६८ लाख ३५ हजार ६८ रुपैया, शिक्षातर्फ शर्शत अनुदान १० करोड १० लाख ५१ हजार, स्वास्थ्यतर्फ शर्शत अनुदान दुई करोड ५३ लाख ४७ हजार, कृषितर्फ शर्शत अनुदान पाच लाख ९३ हजार, बहुक्षेत्रिय पोषण कार्यक्रमतर्फ १४ लाख ७८ हजार, एलजिसीडिपी शर्शत अनुदान १८ लाख नौ हजार, गरिबसँग बिशेश्वर कार्यक्रमतर्फ चार लाख २९ हजार, सामाजिक सुरक्षा तथा बालपोष्ण तर्फ सात करोड १७ लाख ९७ हजार गरी ४८ करोड १७ लाख ४७ हजार एक सय २४ रुपैया आय रहेको बजेट प्रस्तुत गर्दै चालु तर्फ ११ करोड ३४ लाख ९८ हजार १६ रुपैया २३ पैसा र पूँजीगत छ करोड ७३ लाख ५९ हजार दुई सय ८३ रुपैया गरी १८ करोड आठ लाख ५७ हजार दुई सय ९९ रुपैया जेष्ठ मसान्तसम्म खर्च भएको र ३० करोड आठ लाख ८९ हजार आठ सय २४ रुपैया ७७ पैसा खर्च हुन बांकी रहेको छ।

नगर सभामा नगर उपप्रमुख तारा देवी कानुले विकास निमार्णमा अनुगमनको क्रममा गुणस्तरयुक्त पाइएको र न्यायीक समितिले विभिन्न बाधा अवरोधका बिच आफनो कर्तब्य अधिकार बहन गरेको बताईन । नगर शिक्षा समितिका संयोजक शशिकान्त मिश्राले चालु आबमा विभिन्न विद्यालयमा अनुगमन गरी गुणस्तर शिक्षाको लागि शिक्षकहरुलाई निर्देशन दिएपछि त्यही अनुसारको पठन पाठन भईरहेको र आउँदो आबमा प्रत्येक विद्यालयमा सिसिक्यामरा, विद्युतीय हाजिरी लगाउने आफनो लक्ष्य रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ