arrow

बुद्धभुमी र महाराजगंजको निती तथा कार्यकम पारित

logo
मणि  प्रसाद गैेह्रे।
प्रकाशित २०७५ असार १० आइतबार
kapilvastu-nagarpalika-buddhabhumi-maharajgunj.jpg

कपिलवस्तु। “खुसी नगरबासी, बुद्ध भुमी“ भन्ने नाराका साथ बुद्धभुमी नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रम पारित गरेको छ। गोरुसिंगेमा आयोजित तेस्रो नगर सभामा नगर प्रमुख केशव कुमार श्रेष्ठले प्रस्तुत निती तथा कार्यक्रम  पारित गरिएको हो ।

नगर सभामा १ सय ८ बुँदे नीति तथा कार्यक्रम पारित गरिएको हो । आर्थिक विकासमा २.२ प्रतिशत , सामाजिक विकासमा ४८.४ प्रतिशत, पुर्वाधार विकासमा ३६.३ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १.७ प्रतिशत संस्थागत विकास तथा मानव संसाधानतर्फ ०.१ र कार्यालय संचालनतर्फ ११.२ प्रतिशत बजेट विनियोजन गरेको समेत नगर प्रमुख श्रेष्ठले सभामा जानकारी दिए। 

नगर गुरुयोजना तयार पार्ने , पर्यटन विकास दलित महिला तथा पिछडिएका समुदायको क्षमता विकास, वन तथा वातावरण विकास, कृषिमा पकेट क्षेत्र निर्माण, १५ सैयाको अस्पताल निर्माण र शिक्षामा लगानी गरी समाज परिवर्तन गर्ने खालका कार्यक्रमहरु सभाबाटट पारित गरिएको छ।

अघिल्लो सभामा निर्णय भएका नीति तथा कार्यक्रमहरुलाई समेत निरन्तरता दिइएको छ । सो अवसरमा नगर संचालनको लागी चाहिने आवश्यक ऐन तथा कार्यविधी समेत पेश गरिएको छ ।

विद्येयक समिति संयोजक खुमानन्द न्यौपानेले सभामा निर्माण व्यवसायी इजाजत पत्र कार्यविधी, एकिकृत सम्पत्ती कर, सहकारी ऐन, राजपत्र प्रकाशन कार्यविधी, उपभोक्ता समिति कार्यविधी लगायतले ७ वटा ऐन तथा कार्यविधी पेश गरेका छन् । सभावाट उक्त एने पारित हुने न्यौपानेले जानकारी दिए । 

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले नगर सभा समयमै राखिएकोले आगामी वर्षमा नगरमा विकासमा काम गर्न सहज हुने र नगर विकासको लागि वास्तविक नीति तथा कार्यक्रम वनाएर पारित भएको हुँदा नगर विकास द्रुत गतिमा हुने बताए । 

महाराजगंज नगरपालिकाको  निती तथा कार्यकम पारित
नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ को निती तथा कार्यक्रम पारित गरेको छ। महाराजगजमा आयोजित तेस्रो नगर सभामा नगर प्रमुख अब्दुल कलाम खाँबाट प्रस्तुत नीति तथा कार्यक्रम पारित गरिएको हो ।

नगरपालिकाले कृषि, शिक्षा, भौतिक विकास, आर्थिक विकास, विपद व्यवस्थापन जस्ता बिषय समेटि नीति तथा कार्यक्रमहरु पारित गरेको हो। सभामा पेश गरिएका विकास सम्वन्धी सम्पुर्ण कार्यक्रमहरु पारित गरिएको हो ।

शुसासन र विकास महाराजगंजको आधार भन्ने नारा लिएर विकासको गतिमा नगरपालिका अगाडी वढेको खाँले बताए । नगरपालिका भित्र रिंगरोड, सिंचाई, विद्युतिकरण जस्ता पक्षमा योजना वनाइएको खाँले बताए ।

ग्रामिण क्षेत्रबाट नगरपालिका वनेको हुँदा विस्तारै विकासको गति लिएकोले आगामी वर्षहरुमा नगरपालिकाले विकासमा थप गति लिने गरि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगर प्रमुख खाँले वताए ।

नगरपालिकामा विस्तारै खुल्ला दिसामुक्त वडा घोषणा, साक्षरता वालमैत्री स्थानीय शासन अवलम्वन जस्ता कामहरुको विस्तारै कार्यान्वयनमा लागेको हुँदा आगामी दिनमा त्यस्ता योजनाहरुले नगर विकास र परिवर्तनमा सघाउ हुने खाँले वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ