arrow

चीनबाट आए लगत्तै प्रधानमन्त्री ओली पुगे राष्ट्रपति भेट्न 

logo
प्रकाशित २०७५ असार १० आइतबार
KP-Bidhya.jpg

काठमाडौँ। आफ्नो ६ दिने चीन भ्रमण सकाएर नेपाल आए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटन् राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। 

आफ्नो चीन भ्रमण र समसामयिक विषयबारे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष जानकारी गराउन प्रधानमन्त्री ओली शितल निवास गएको बताइएको छ। 

प्रधानमन्त्री ओलीले आइतबार बेलुका राष्ट्रपति निवास शीतलनिवास पुगेर मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमणबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको राष्ट्रपति कार्यालयका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 

चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही असार ५ गते प्रधानमन्त्री ओली चीन गएका थिए। ओली आफ्नो भ्रमण सम्पन्न गरी आइतबारै स्वदेश फिर्ता भएका हुन । 

भेटमा राष्ट्रपति भण्डारीले छिमेकी मित्रराष्ट्र चीनसँग आपसी सम्वन्ध प्रगाढ बनाउन सकेकोमा वधाई समेत दिएकी थिइन। 

नेपाल र चीनले आपसी हितमा भ्रमणका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्दै नेपाल र चीनको बीच विश्वासको वातावरण थप मजबुद बनाउन सकिने बिषयमा भेटका क्रममा छलफल भएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ