- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाल्पा । माथागढी गाउँपालिकाको बजेट अधिवेशन आईतबार देखि शुरु भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि ३८ करोड बराबरको बजेट प्रस्तुत गर्न लागेको हो । सिमित स्रोत र साधनको उपयोग गरी जनताको असिमित आवश्यकताहरुलाई परिपूर्ति गर्नका लागि बजेट ल्याउन लागिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताए ।
स्थानीय तहबाट पाइने सेवा सुविधा नै संघीयता भएको भन्दै अध्यक्ष थापाले जनतालाई समृद्ध बनाउने तर्फ आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमले समेटेको जानकारी दिए । अध्यक्ष थापाले ‘भने कृषि, पशुपालन र बनवालीलाई उपयोग गरी जनतालाई समृद्धि बनाउन बजेट तथा नीति कार्यक्रम आउने छ । ’ बजेट अधिवेशनको उद्घाटन प्रदेश सांसद नारायण आचार्यले गरेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै सांसद आचार्यले बजेट जनमैत्री हुनुपर्ने बताए । उनले जनतालाई संघीयताको महसुस हुने गरी बजेट ल्याउन गाउँपालिकालाई सुझाव दिएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्यहरु पुरमती ढेंगा, रमा घर्तीले बजेट अधिवेशनको सफलताको शुभकामना दिदैं बजेटले गरीव किसान,अपांग, पिछाडिएका वर्गहरुलाई समे६्नु पर्नेमा सुझाव दिए ।
कार्यक्रममा आर्थिक वर्षको बजे६ अधिवेशन तथा नीति कार्यक्रम गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले प्रस्तूत गरेकी थिइन् । कार्यक्रम गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरको अध्यक्षता, प्रवक्ता मधूपराजूलीको स्वागत र कार्यक्रमको सञ्चालन प्रमुख प्रसाशकिय अधिकृत दीपक नेपालीको सञ्चालनमा भएको छ ।