arrow

आरुचौरमा एक सातादेखि विद्युत अवरुद्ध

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार ११ सोमबार
aruchour.JPG

स्याङ्जा । नेपाल विद्युत प्राधिकरणको लापरवाहिका कारण अर्जुनचौपारी गाँउपालिका ५ आरुचौरका वासिन्दा एक साता देखि विद्युत सेवाबाट बन्चित भएका छन् । समय समयमा मर्मत, काठका पोल, ठाँउ ठाँउमा रुख बास भएका कारण बेला बेला अवरुद्ध हुने गरेपनि यो पटक भने लामो समय विद्युच अवरुद्ध भएको हो ।

विद्युत अवरुद्ध भएपछि टेलिफोन सेवा, इन्टरनेट, टेलिभिजन लगायत विद्युतीय उपकरण समेत संचालनमा कठिनाई हुदै आएको अर्जुनचौपारी गाँउपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष ख्यामनारायण खनालले बताए । पटक पटक विद्युत प्राधिकरणमा सम्पर्क गर्न खोज्दा टेलिफोन नउठ्ने, उठिहाले पनि समयमा मर्मतमा चासो नदेखाईदिदा आरुचौरबासीले समस्या झेल्दै आएका छन् ।

बर्षायामको समयमा विद्युत अवरुद्ध हुदा निकै कठिनाई हुने गरेको खनालले बताए । विद्युत अवरुद्धको समस्या कहाँ भएको हो भन्ने जानकारी नहुँदा समस्या आएको भन्ने भनाई प्राधिकरणबाट खटिएका टोलीले बताएको खनालले बताए । करिव ८ सय घरधुरी रहेको आरुचौर सबै वडामा एकहप्ता देखि विद्युत सेवा अवरुद्ध छ ।

 प्राधिकरण स्याङ्जाका प्रमुख सुनिल सापकोटाले आरुचौरमा विद्युत अवरुद्ध भएको थाहा पाउना साथ प्राविधिक टोली खटाएको बताएका छन् । ग्रामिण क्षेत्रमा काठका पोल प्रयोगमा रहेको छ प्रमुख सापकोटाले भने,“अव काठका पोल हटाएर अन्य सुरक्षित पोल प्रयोग गर्ने तयारीमा प्राधिकरण रहेको छ ।” बजार क्षेत्रलाई भन्दा हामीले ग्रामिण क्षेत्रलाई विशेष चासोका रुपमा हेर्ने गरोको दावी सापकोटा छ । अवरुद्ध भएको विद्युत सेवा बुधवार सम्म सुचारु हुने विश्वास दिलाएका छन् ।

लामो दुरी, प्रसारण गरिएको तारमा रुख र बासले गर्दा ग्रामिण क्षेत्रमा नियमति सेवा दिन नसकेको प्राधिकरणको भनाई छ । विद्युत जस्तो सेवाबाट नागरिक बन्चित हुनु दुखद भएको स्थानीयहरुले बताएका छन् । आरुचौरमा राङ्खोला, दरौ, पञ्चमुल हुदै आरुचौरमा विद्युत सेवा पुगेको छ । दरौ, पञ्चमुल र आरुचौर ग्रामिण बस्ती हो । लाईन प्रशारण गर्दा विद्युत प्राधिकरणले प्राविधिक जाच नगरिकन विद्युत लाईन वितरण गर्दा बेला बेलामा समस्या हुने गरेको सरोकारवालहरुको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ