arrow

पहिरोको जोखिममा दलितबस्ती

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ असार ११ सोमबार
dalit-basti.JPG

स्याङ्जा । बर्षायाम शुरु भएसगै बाढी पहिरो र बस्तीनै पहिरोको जोखिमका घट्नाहरु बढ्न थालेका छन् । आइतबार बेलुकादेखि परेको अबिरल बर्षाका कारण वालिङ नगरपालिका ८ मयालेमा रहेको दलितबस्ती पहिरोको जोखिममा परेको छ ।

भुकम्पबाट घर गुमाएको दलितबस्ती फेरी पहिरोको जोखममा परेको हो । आइतवार परेको बर्षाले एउटाघरमा आंशिक क्षती पुर्‍याएपनि मानवीय क्षेती भने हुन पाएन । पहिरोको जोखिमको खवर पाएपछि वडा प्रहरी कार्यालय वालिङबाट सहायक प्रहरी निरिक्षक नवराज केसीको टोलीले निरिक्षण समेत गरेको छ । पहिरोको जोखिममा करिब ९ घर रहेको प्रहरीले निष्कर्ष निकालेको छ । भुकम्पबाट क्षती गुमाएको बस्तीले भुकम्प राहत कोषबाट घर निर्माण गर्दागर्दै पहिरोले घर भत्काएको भन्दै गुनासो पोखेका थिए ।

डोलमाया दर्जी, टिकमाया दर्जी, सुकमाया दर्जी, छविलाल दर्जी लगायतको घर पहिरोको जोखिममा रहेको छ । खानेपानी, शौचालय, हिड्ने गोरेटो बाटो समेत नपाएका यो बस्तीमा अहिले सम्म कुनै सरकारी निकायको बजेट परेको छैन । उनीहरुलाई खानेपानी, गोरेटो बाटो र शौचालय भन्दा पनि बस्ने बासको व्यवस्था गरिदिन सरकार सगँ आग्रह गरेका छन् । बेलैमा स्थानीयतहले ध्यान नपुर्‍याएमा आइतवारको जस्तै अविरल बर्षा आएमा ठुलो धनजनको क्षती हुन सक्ने देखिन्छ ।

महिला र वालवालिका बढी रहेको दलितबस्तीमा दलित अगुवाका नेताले समेत चासो नदेखाएको उनीहरुको गुनासो छ । एउटैको नाउमा रहेका जग्गामा अहिले ५ ओटा घरका टहरा बनाएर जिविकोपार्जन गर्दै आएका छन् । वालिङ नगरपालिका नीति तथा कार्यक्रम पेश गर्नमै व्यस्त रहेका बेला यो दलित बस्तीमा विशेष सम्वोधन गर्नुपर्ने स्थानीयले बताएका छन् ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ