arrow

हैरान भो ! पहिरो खसेपछि मुग्लिङ सडक अवरुद्ध

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । 

पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन–चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए । 

दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ