arrow

सीकेको पक्षमा नलाग्न मानव अधिकार आयोगलाई ग्रेटर नेपालको चेतावनी

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
aaropi-ck-raut.jpeg

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले राष्ट्रिय अखण्डताको विरुद्ध लाग्नेको पक्षमा आफ्नो शक्ति र प्रभाव प्रयोग नगर्न आयोगका अध्यक्षलाई चेतावनी दिएको छ । मोर्चाले राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीले पृथकतावादीलाई कार्यकक्षमै भेटेको र पृथकतावादीको अपराध ढाकछोप गर्नेगरी उनीहरुको मानव अधिकारको रक्षा गर्नुपर्ने भनेर जुन तर्क गरेको भन्दै यस राष्ट्रिय अखण्डताको पक्षमा लाग्नका लागि आग्रह गरेको हो ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको २ सदस्यीय प्रतिनिधिमण्डलले मंगलबार यो विषय उठाउँदै मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटेको हो । भेटका क्रममा मोर्चाका अध्यक्ष नेपालले आयोगका अध्यक्ष शर्मा र सदस्य मोहना अन्सारीले नेपाल टुक्र्याउने घोषित अभियान लिएर हिँडिरहेको सीके राउतलाई बोलाएर भेट्नु घोर आपत्तिजनक बताएका थिए । त्यसको जवाफमा आयोगका अध्यक्ष शर्माले सीके राउतले राज्यले उनका श्रीमती र उनका छोराछोरीलाई दुःख दिएको बताए । उनले ज्ञापन पत्र बुझाउने भनेपछि निजबाट ज्ञापन पत्र मात्र बुझेको बताएका थिए ।

आयोगका सचिव वेदप्रसाद भट्टराईले राउतको ज्ञापनपत्रको व्यहोरा झुठो भएको भन्दै उनको परिवारलाई राज्यले सताएको नभएर उल्टै राउतले आफूविरुद्ध ज्यादती गरेको भन्दै निजकी श्रीमतीले राउतविरुद्ध आयोगमा उजुरी दिएको बताएका थिए ।

यस्तै ग्रेटर नेपाल युवा मोर्चाका संयोजक पुरूषोत्तम भट्टराईले आफ्नो पक्षका कर्मचारीको हकहित मात्र स्थापित हुनेगरी पटक–पटक कर्मचारी नियमावली संशोधन गरेर अन्य कर्मचारीको मनोबल गिराएको प्रश्न उठाएका थिए । आयोगका सचिव भट्टराईले यस विषयको जानकारी सूचना अधिकारीबाट लिन भन्दै पन्छिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ