arrow

रानपाको बहखोलामा पक्की पुलको शिलान्यास

logo
प्रकाशित २०७५ असार १२ मंगलबार
silanyas.jpg

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ५ र ६ जोड्ने गरि बहखोलामा पक्की पुल बन्ने भएको छ ।  रामपुरको मुख्य बेझाँड बजारलाई वडा नम्बर ६ बाट र स्याङ्गजाको चापाकोट साखँरबाट बजारसम्म जोड्ने मुख्य सडकखण्डमा पर्ने यो पुल १ करोड १९ लाखको लागत स्टमेटमा बन्ने तालपोखरा चिफ्लेढुङ्गा सडक उपभोत्ता समितिका अध्यक्ष कृष्ण सिंह ठकुरीले बताए ।

 पुल शिलान्यास गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गाउँ ठाउँको विकासको मुख्य पुर्वाधार सडक भएकोले पुल निर्माणपछि यस क्षेत्रको विकासमा थप टेवा पुग्ने बताए । पाल्पाकै पर्यटकीय तालपोखरा क्षेत्र जोड्ने गरि बहखोलामा बन्ने यो पुलले आन्तरिक र बाह्य पर्यटनलाई पनि जोड दिने बताए ।

 साथै नगर प्रमुख थापाले पुल निर्माणमा नगरपालिकाले ५ लाख सहयोग गर्ने बताएका छन् । सोही अबसरमा वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्ल, स्थानियहरु फणेश्वर गौतम र कृष्ण प्रसाद अर्यालले बोल्दै समयमा नै पुल निर्माण कार्य सम्पन्न गर्ने गरि काम अगाडी बढाउन अनुरोध गर्दै यस क्षेत्रको महत्व बोकेको पुल बर्खाको बहानामा नरोक्न अनुरोध गरे।
 
रामपुर नगरपालिकाका २ मुख्य वडा जोड्ने गरि बन्ने पुल यस क्षेत्रको बिकासको महत्वपुर्ण कडी हो स्थानीय कृष्ण भण्डारीले भने । तालपोखरा चिफ्लेढुगा सडकखण्डमा पुल बनेपछि बर्खाको समय वारिपारी गर्ने स्थानिय घण्टौं हिडेर पुल भएको स्थानमा जानुपर्ने झन्झटको अन्त्य हुने अर्का स्थानीय सागर प्रसाद देवकोटाले बताए । बहखोला वारपार गरि खेतीपाती गर्ने र घाँसदाउरा गर्नेलाई समेत यो पुलले फाइदा पुर्‍याउने लक्ष्मी देवकोटाले बताइन् ।
 
समितिका सचिब भरतराज देवकोटाका अनुसार १० मिटर लम्वाई र ८ मिटर चौडाईको पुल बन्नेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ