arrow

भारत भयो महिलाको लागि सबैभन्दा खतरनाक देश 

logo
प्रकाशित २०७५ असार १३ बुधबार
india-flag.jpeg

काठमाडौं । महिलाको लागि भारत विश्वको सबैभन्दा खतरनाक देश रहेको एक सर्वेक्षणले देखाएको छ । विश्वका प्रमुख विज्ञहरुले गरेको सर्वेक्षणको क्रममा महिलाको लागि भारत सबैभन्दा खतरनाक मुलुक रहेको देखिएको हो । 

यौनजन्य अपराध र जबर्जस्तीका घटनाहरुमा भारत सबैभन्दा अगाडि रहेको देखिएको हो । थोमसन रोयटर्स फाउण्डेसनको सर्वेक्षण अनुसार युद्ध प्रभावित क्षेत्रहरु अफगानिस्तान र सिरियाभन्दा पनि भारतमा महिलाको अवस्था भयावह रहेको देखिएको हो । यी दुई मुलुकहरु भारतपछि क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । 

विश्वमा महिलाको अवस्था निकै भयावह रहेको मुलुकको चौथो स्थानमा सोमालिया आउँछ भने साउदी अरेबिया पाँचौ स्थानमा रहेका छन् । पाँच सय ५० महिला विज्ञहरुको राय लिएर यो विवरण तयार पारिएको थियो । 

यसअघि सन् २०११ मा पनि यस किसिमको सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणमा अफगानिस्तान, कंगो, पाकिस्तान, भारत र सोमालियालाई महिलाको लागि सबैभन्दा खतरानक मुलुकको रुपमा राखिएको थियो । 

विज्ञहरुका अनुसार भारतले अपराध न्यूनीकरणको लागि प्रयास नगरेको कारण यो मुलुक महिलाको लागि सबैभन्दा खतरनाक मुलुकको रुपमा देखिएको हो । 

विवरणमा दिल्लीमा पाँच वर्षभन्दा पहिला भएको एक छात्राको बलात्कारपछि भएको हत्यामा राष्ट्रिय हिसाबमा व्यापक विरोध भए पनि अवस्थामा सुधार नआएको उल्लेख गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ