arrow

कारागारमा कार्यरत सहयोगी बस्नेतको डुबेर मृत्यु

logo
प्रकाशित २०७५ असार १३ बुधबार
nuwakot-district.png

नुवाकोट । कारागार कार्यालय नुवाकोटमा कार्यरत कार्यालय सहयोगी रामबहादुर बस्नेतको त्रिशूली जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहरमा डुबेर बुधबार मृत्यु भएको छ ।

विदुर नगरपालिका–९ आपटार निवासी ४५ वर्षीय बस्नेत नहरको पानीमा नुहाइरहेको समयमा चिप्लिएर बगाउँदा मृत्यु भएको नगर प्रहरी चौकी कोलनीका प्रहरी सहायक निरीक्षक राजु लामिछानेले जानकारी दिए ।

 पानीमा डुबेका बस्नेतलाई खोजी गर्ने क्रममा कोलनीस्थित नुहाउन लागेको स्थानभन्दा तीन सय मिटर तल शव भेटिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ