arrow

पाल्पाको अमलावासमा जीपको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीय आक्रोशित

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ असार १३ बुधबार
palpa-student.jpg

पाल्पा । पाल्पामा जीपको ठक्रबाट एक  विद्यार्थीको मृत्यु भएको छ ।  पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ अमलवासकी १४ वर्षीय विपिना बगालेको बाटो क्रस गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकृत विनोद घिमिरेले जानकारी दिए ।

 रैनादेवी छहराबाट तानसेनतर्फ आउँर्दै गरेको लु १ च ७७६२ नम्वरको बलेरो जीपले भैरव नवोदिप मावि छहरा कक्षा सातमा अध्यनरत बगालेलाई ठक्कर दिएको थियो । विद्यालयबाट घर फर्केने क्रममा उनलाई ठक्कर दिएको स्थानीयले बताएका छन् । बालिकाको उपचारको क्रममा जिल्ला अस्पताल पाल्पामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको सुचना अधिकारी घिमिरेले बताए । बालिकाको मृत्यु पछि अमलावासका स्थानीयहरु आक्रोशित हुदै दोषीलाई कार्वहीको माग गरेका छन् । यतिखेर छहराको अमलावास तनाव ग्रस्त रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ