arrow

ओलीको उत्तर भ्रमण : चीनले प्रयोग गरेको शंका  

logo
प्रकाशित २०७५ असार १३ बुधबार
china-nepal-agreement.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा पारवहन सम्बन्धि प्रोटोकल सम्झौता नभएको र लिपुलेकबारे छलफल भए नभएकोबारे खासै चित्त बुझ्दो जवाफ दिएनन् । 

तर, उनले अहिलेको भ्रमणका दौरान र यो सरकार बनेपछि केही पनि विग्रिएको छैन, भने ।  यसअघि केही बिग्रिएको रहेछ भने तथ्ययुंक्त ढंगले अध्ययन गरेर आफ्नो सीमा र भौगोलिक अखण्डताको रक्षा गरेर टुंगो लगाउने कुरा उनले गरे । चीन भ्रमणबारे विपक्षीले सोधेका प्रश्नमा उनले व्यंग्यात्मक र घुमाउरो जवाफ दिए । 

उनले ‘हामी यता–उता ढल्किने गर्दैनौं । समृद्ध नेपाल, सुखी नेपालको आकांक्षा पूरा गर्न चीन भ्रमण सहयोगी बन्छ’ भने ।यस्तै, प्रधानमन्त्री ओलीले आफ्नो क्षणिक स्वार्थका लागि एउटा छिमेकीविरुद्ध अर्को छिमेकीलाई कार्डको रुपमा प्रयोग नगर्ने समेत बताए । कार्डको कुरा गर्ने वित्तिकै अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले शंका गरेका छन् । 

उनीहरुले सोधेका छन्, ‘ओलीले, क्षणिक स्वार्थका लागि एउटा छिमेकीविरुद्ध अर्को छिमेकीलाई कार्डको रुपमा प्रयोग नगर्ने कुरा भित्रै देखि बोलेका हुन् भने, साेधेकाे प्रश्नकाे स्पष्ट जवाफ किन नदिएको ? किन भागेको ?’ यहाँनेर शंका गर्ने ठाउँ छ । विज्ञहरुले समृद्धिको आवरणमा नेतृत्व प्रयोग हुन नहुने सुझाव दिएका छन् । 

नेपाल प्रयोग भएन भन्ने ठाउँ छ ? 
विज्ञहरुले यसरी बेलिविस्तार लगाएका छन् । यसको पोलिटिकल इकोनोमीलाई हेर्नु पर्छ । विश्वव्यापी अवस्था कस्तो छ भने, सिंगो विश्व व्यापारमा एसियाको २८ प्रतिशत मात्रै शेयर छ । विश्व व्यापारमा अमेरिकाको ३० प्रतिशत र यूरोपको ३२ प्रतिशत शेयर छ । नेपाल किन महत्वपूर्ण छ भने, भारत र चीन दुबै आर्थिक रुपमा बलियो मुलुक हुन् । थुप्रो जनसंख्या भएको । मिडिल क्लास एकदमै ग्रो गरिरहेको । उनीहरु पैसा पनि भएको र खर्च गर्ने अवस्थामा पनि भएको अवस्था छ । यो दुई देशबीचको ट्रेड गर्ने जुन अवस्था छ । उनीहरुले नेपालको बाटो भएर ट्रेड गर्ने अवस्था बनाउने हो भने दुबै मुलुकसँग समान सम्बन्ध राख्न सक्नु पर्छ । त्यसो भए नेपाललाई फाइदा हुन्छ । 

तीनवटै देश जीत–जीतको अवस्थामा हुन्छन् । त्यसको असर के हुन्छ भने, एसियाको आर्थिक अवस्था बलियो हुन्छ । सन् २०५० सम्ममा एसियाको  अन्तर्राष्ट्रिय शेयर २८ प्रतिशतबाट घटेर १५–१६ प्रतिशतमा आउँछ । युरोपको २२–२१ प्रतिशतमा आउँछ । त्यसले उनीहरुकोमा ठूलो असर पर्छ । अहिलेको अर्थतन्त्रको पावर उनीहरुसँग छ त्यो हुँदैन । टेक्नोलोजी, इकोनोमी, ह्युमन रिसोर्सको हिसाबले एसिया बलियो हून्छ, भन्ने पोलिटिकल एनालाईसीस हो भने, ठिक हो । यो सबै बुझेको हो भने प्रयोग नभएको ठहर्छ । अहिले माल्दिभ्स पुरै चीनतिर ढल्किएको छ । केही दिन पहिले मात्रै भारतले दिएको दुई हेलिकोप्टर माल्दिभ्सले तुरुन्त फिर्ता पठाईदियो । तर, नेपाल सरकारका अबका गतिविधिबाट थप प्रस्ट हुँदै जाला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ