arrow

दलित बस्तीमा दिएको ट्रान्सफर्मर अलपत्र, सुकुम्बासी बस्तीको विद्युत समस्या उस्तै

logo
 दीपेन्द्र बस्नेत।
प्रकाशित २०७५ असार १३ बुधबार
transfermer.jpg

पुनर्वास। गत आर्थिक वर्षमा पुनर्वास नगरपालिकाद्वारा दलित समुदायको लागि बिनियोजित बजेटबाट खरिद गरिएको विद्युतको ट्रान्सर्फमर जडान नगरी अलपत्र रहेसँगै योजनाले मुर्तरुप पाउन नसक्दा मोतियाफाँटाबासीको विद्युत समस्या उस्तै रहेको छ। 

दलित समुदाय उत्थानका लागि पुनर्वास नगरपालिकाले गत आर्थिक वर्ष ०७३/०७४ मा बिनियोजन गरेको  ६ लाख मध्ये ५लाख विद्युतको ट्रान्सर्फमर खरिदको लागि छुट्याएको थियो । दलित समन्वय समितिले दलित समुदायका युवाहरुलाई पत्रकारिता तालिम बापत १ लाख खर्च गरेको थियो ।  पुनर्वास नगरपालिका स्तरिय दलित समन्वय समितिले ३ लाख २२ हजार रुपैयाको ट्रान्सर्फमर मात्रै खरिद गरि मोतियाफाँटामा लगेको र जडानकालागी आबश्यक तार,फ्युज लगायतका सामाग्री खरिद नगरे पछि ट्रान्सर्फमर जडान हुन नसक्दा दलित बस्तीका स्थानिय विद्युतको समस्या झेल्दै आएका छन्। 

पुनर्वास नगर स्तरीय दलित समन्वय समितिले ५ लाख मध्य ३ लाख २२ हजार बराबरको ट्रान्सर्फमर खरिद गरि १लाख ७८ हजार कर सहित रकम बचे पनि आबश्यक विद्युतीय सामाग्री खरिद नगरी रकम निकासा प्रकृयामाे गएपछि समन्वय समितिमै बिवाद चुलिएको थियो । 

आर्थिक अनियमितताको आशंकासँगै सो समितीका सदस्यहरुमै मत भिन्नता देखिए पछि राष्ट्रिय बाणिज्य बैकमा सो समितिको खाता समेत रोक्का गरेको पुनर्वास नगर स्तरिय समन्वय समितिका सचिब मदनलाल बिकले बताए ।  

दलित शिर्षकमा हुने कार्यक्रम पारदर्शी बन्न नसकेको समुदायका अगुवाहरु बताउछन् । दलित समुदायको निम्ति स्थानीय निकायले बिनियोजन गरेको रकम सदुपयोग नभई रहेको दलितको मुद्दा केवल देखाउने भाँडो बनेको रबिन्द्र नकर्मीले बताए । उनी भन्छन कार्यक्रम लक्षित समुदाय सम्म पुग्दैन टाँठाबाठाको हालिमुहाली हुन्छ ।  केही दिन अघि दलित जातिय छुवाछूत उन्मुलन दिवसमा प्रती ब्यक्ति १ हजारको बिल बनाएर  बजेट सक्ने काम मात्रै गरिएको नकर्मीले बताए । 

पुनर्वास नगरपालिकाको मोतियाफाँटाका लागि ट्रान्सफर्मर सहित जम्मै सामग्री खरिदमा बजेट जोडिए पनि अलपत्र पारिनु राम्रो नभएको इन्द्र बिकले बताए । यसैगरी दलित अगुवा बलबहादुर बिक भन्छन दलित समुदाय लक्षित कार्यक्रमहरुमा गरिएका कुनै पनि गलत काम समुदायले मान्दैन । गरिएका कार्यक्रमको आय ब्यय देखाउनु पर्ने तथा मुनासिब बाहेकका खर्च स्वीकार नहुने उनले बताए । 

दलित समुदाय लक्षित कार्यक्रमहरुमा केही कमिकमजोरी भएका छ्न त्यस्ता कमि कमजोरीलाई सुधार्नेतर्फ नगरपालिकाको ध्यान जाने पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले बताए ।  नगरपालिका भित्र आबश्यक ठाउँमा विद्युतिकरण र ट्रान्सफर्मर राख्न विद्युत कार्यालयले रोकेकाले पनि समस्या देखिएको नगर प्रमुख थापाले बताए । 
 
पुनर्वासमा दलित समुदायको उत्थान र क्षमता अभिवृद्धि गर्न नगरपालिकाले बजेट तथा कार्यक्रम राख्दै आए पनि प्रभावकारी अनुगमन र मुल्यांकन हुन नसक्दा कार्यक्रम प्रभावहीन बन्न पुगेको स्थानिय बुद्धिजीवी बताउछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ