arrow

ट्रम्प र पुटिन वार्ताका लागि तयार, स्थान तोकिँदै

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
trump-putin.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन् । 

उनीहरूले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसका प्रमुख प्रशासनीक केन्द्र क्रेमलिनले बुधबार जनाएको छ । 

रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले “तेस्रो मुलुकमा गएर शिखर वार्ताको मिति र स्थानसमेत तय भइसकेको बताए । उनले बिहिबार औपचारिक घोषणा दुवै देशका प्रतिनिधिसँगै रहेर गर्ने जानकारी दिए । 

चुनावका बेलामा ट्रम्पलाई पुटिनले सघाएको बताइए पनि अहिलेसम्म वार्ता भने हुन सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ