arrow

पासाङल्हामु राजमार्ग खुलाउन सुरक्षाकर्मी परिचालन

एक कन्टेनर ट्रक बगायो

logo
प्रकाशित २०७५ असार १४ बिहिबार
pasang-lahmu-highway.jpg

रसुवा । बुधबार रातिको अविरल वर्षाका कारण अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालनका लागि बिहिबार बिहानदेखि नै सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार राति परेको भीषण वर्षाले कालिका गाउँपालिका–१, राम्चेदेखि ग्राङसम्मको करीब छ किमी भूभाग सडक क्षेत्रका ठाउँठाउँमा भलपानीसँगै माथिबाट आएको पहिरोले सडक पुरेको र उक्त सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । 

बुधबार साँझ परेको वर्षाले केरुङबाट स्याउ बोकी आएको एक कन्टेनर ट्रक राम्चेको ठाडो खोलाले बगाएको र एउटा बोलेरो जिपलाई सडक सतहमै सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ । 

केरुङबाट सामान लिई आएका ३० भन्दा बढी कन्टेनर सडकका ठाउँठाउँमा रोकिएकाले छिटोभन्दा छिटो पासाङल्हामु राजमार्ग खुलाउने प्रयासका लागि सडक कार्यालयको डोजरका साथसाथै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ पौडेलले बताए  । 

दैनिकरुपमा नियमित चल्ने बस सेवासमेत प्रभावित हुँदा यात्रु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ