- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जापानी राजकुमारीले सामान्य नागरिकसंग विवाह गर्ने भएकी छिन् । जापानी राजपरिवारमा यो दोस्रो घटना हो । जापानको कानुन अनुसार यदि राजकुमारीले सामान्य नागरिसंग विवाह गरिन् भने उनको शाही दर्जा खोसिने छ ।
२७ वर्षीया राजकुमारी अयाको सामान्य नागरिक ३२ वर्षीय केई मोरियासंग यसै वर्ष हुन लागेको हो । केई एउटा सिपिङ फर्ममा काम गर्छन् ।
जापानमा सामान्य नागरिकसंग विवाह गर्न लागेको यो दोस्रो पटक हो । यसअघि गत बर्ष सेप्टेम्बरमा अयाकी एक बहिनी राजकुमारी माकोले पनि सामान्य नागरिक आफ्नै कलेजका साथीसंग विवाह गरेकी थिइन् ।
राजकुमारको हकमा भने सामान्य केटीसंग विवाह गर्दा दर्जामा केही फरक पर्दैन ।
अयाको २९ अक्टुबरमा विवाह हुनेछ । विवाहसंगै उनले राजपरिवारलाई छाड्ने छिन् । विवाहपछि उनले बोनस पाउने छिन् । उनले १० लाख डलर बोनस पाउने छिन् ।